१११ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसर पारेर रोटरी क्लब अफ धुलिखेलको प्रायोजन तथा क्रियटिभ बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ संस्थामा आबद्ध महिला दिदीबहिनीहरुलाई रजोनिवृत्ति, प्रजनन तथा महिला हिंसा बारे सचेतना मूलक छलफल कार्यक्रम गरी नारी दिवस मनाएको थियो । कार्यक्रममा शिर मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी सुनी प्रधान, कृष्णा सिकु श्रेष्ठ, जनस्वास्थ्यका विद्यार्थी तथा आरसीसी पिपलचौरका अध्यक्ष सविना श्रेष्ठ तथा सहयोग र सरोकार संस्थाका अध्यक्ष रामप्यारी बज्रचार्यले सम्बन्धित विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण आरसीसी पिपलचौरका कार्यक्रम संयोजक पल्लवी प्रधानले गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई स्वास्थ्य सरसफाईका सामग्री एकएक थान वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य क्रियटिभ साकोसका अध्यक्ष कमला श्रेष्ठले राख्नुभएको थियो ।









