2026 April 23/ 08:28: 10pm

१११ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सवा नेपाल पनौती सी.एफ.सी. र एम्नेष्ट्रि इन्टरनेशनल नेपाल पनौती निर्मार्णाधित समूहको संयूक्त आयोजनामा लै·िक हिंसा सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । 
पनौती नगरपालिका ७ नं. वडाका वडा अध्यक्ष रामचन्द्र नास्नानीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा बृद्ध त्रिवेणी धाम सरसफाइका मच्छेमाया जंगम, पनौती स्वास्थ्य चौकी इन्चार्ज हेमलत्ता मसर·ी, मेचि महाकाली संयूक्त आवाज काभ्रेका अनिता थापा कार्की, काभे्र उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र पसछेँ लगायतको उपस्थिति रहेको थियो । 
कार्यक्रममा शुभकामना मन्तव्य मच्छेमाया जंगम, सोमप्रसाद हुमागाई, राजेन्द्र पसछेँ, रामचन्द्र नास्नणीलगायतले राख्नुभएको थियो । कार्यक्रमको संयोजक ब्क्ष् नेपाल निर्मार्णाधित महिला समूह रहेको जानकारी धार्मिक पत्रकार ः बिकु नारायण ताम्राकारले जानकारी दिनुभयो ।