2026 April 23/ 09:12: 04pm

धुलिखेल/धुलिखेल नगरपालिकाले १११ औ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । 
दिवसकै अवसरमा नगर स्तरीय लोक दोहोरी प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा धुलिखेल नगरपालिका वडा नम्बर ११ का महिला दिदिवहिनहरुको टिम द्वितीय वडा नम्बर १० तृतीय वडा नम्बर १ र सान्त्वना पुरस्कार वडा नम्बर ४ ले पाएको थियो । प्रथम, द्वितिय तृतीय हुनेलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार तथा सान्त्वना हुनेलाई ३ हजार नगद सहित पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथी बागमती प्रदेश सांसद् गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख अतिथी भुर्तेलले नेपालमा महिलाको सख्या ५१ प्रतिशत भएपनि अधिकार अझै ३३ प्रतिशत मात्र प्राप्त गरेको बताउनु भयो । वडा देखी केन्द्रिय सांसदसम्म नै महिला ३३ प्रतिशत राखिने कानुन भएकाले यसलाई अझै बढाएर ५० प्रतिशत पु¥याउन लागिरहेको बताउनु भयो । हामी महिलाहरुले पनि अधिकार मात्र नखोजी पाएको अधिकारलाई सहि सदुपयोग गर्ने र राज्यले दिएको सुविधाबाट लाभ लिनुपर्ने भुर्तेलले बताउनु भयो । स्थानीय, प्रदेश र संघ सरकारले महिलाहरुका लागी उद्योग संचालनका लागी कम प्रतिशतमा ऋण प्रवाह, सिपमुलक तालिम प्रदान, कृषि तथा पशुपंछि पालनमा विशेष सुविधा दिएकाले त्यसको सुविधा प्रयोग गर्न भुर्तेलले आग्रह गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका संयोजक उद्धब केसी, नेपाल नगरपालिका सघंका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जु, महिला परिषद्का उपाध्यक्ष लालतारा अधिकारीलगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले महिला परिषद् गठन गरेरै विभिन्न सिपमुलक आयआर्ज तालिम, नेतृत्व विकास सिलाई बुनाई लगाएतका कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो । नगरपालिकाले १२ वटै वडामा विभिन्न किसिमका तालिम सञ्चालन गरेको बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम सुबेदीले स्वागत मन्तबय राख्नु भएको थियो कार्यक्रमको सभापतित्व उपप्रमुख विमला शर्माले गर्नु भएको थियो । 
कार्यक्रममा विभिन्न झाँकीहरु, महिलाद्धारा उत्पादिन बस्तुहरुको प्रर्दशनी गरिएको थियो । कार्यक्रम सञ्चालन पुजा काफ्लेले गर्नु भएको थियो ।