2026 April 23/ 09:20: 16pm

    बनेपा/काभ्रे लेडी जेसिजको आयोजनामा सूचना प्रविधिको माध्यमबाट कम समयमा धेरै काम गर्ने तथा सूचना प्रविधिको विकाससँगै सुरक्षित रहने उपायका बारेमा तालिम आयोजना गरिएको छ । 
    आजको युग सूचना प्रविधिको युग हो, सूचना प्रबिधिको माध्यमद्वारा छोटो समयमा धरै काम गर्न र सूचनामा प्रविधिमा सुरक्षित रहन सकिन्छ ? भन्ने उदेश्यले अन्तरास्ट्रिय नारी दिवसको  उपलक्ष्यमा भ्mउयधभचष्लन ध्यmभल धष्तज क्ष्ऋत् क्पष्ििक सम्बन्धि तालिम आयोजना गरिएको काभ्रे लेडी जेसिज बर्ष २०२१ का अध्यक्ष जेसी देवकी आचार्यले बताउनु भयो । अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अथिति काभ्रे लेडी जेसिजका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका पूर्व उपाध्यक्ष जेसी कुमादा बैद्य, विशिष्ठ अतिथि काभ्रे जेसीजका पूर्व अध्यक्ष नेपाल जेसिजका महासचिव जेसी आई सिनेटर विकास मानन्धर, काभ्रे जेसिज २०२१ का अध्यक्ष जेसी सुबास वैद्य, बनेपा जूनियर जेसिजका अध्यक्ष जेसी निर्जन गौतम,  मुख्य प्रशिक्षक क्यान काभ्रेका पूर्व अध्यक्ष एवम क्यान महासंघका केन्द्रीय सचिव शेखरनाथ दुलाल लगायतको सहभागिता रहेको थियो । सहभागिहरुले सूचना प्रविधिलाई सहि ढंगबाट प्रयोगमा ल्याई दुरुपयोग हुनबाट रोक्नु पर्ने बताउनु भयो । 
    कार्यक्रम संयोजक जेसी रविना सेवाचार्यको स्वागत मन्तब्य रहेको कार्यक्रम महासचिब जेसी सुमित्रा श्रेष्ठले संचालन गर्नु भयको थियो । कार्यक्रममा जेसीजसँग सम्वन्धित ब्यक्तिहरुको सहभागिता रहेको थियो ।