2026 April 23/ 07:19: 52pm

   पाँचखाल/पाँचखाल नगरपालिका तामाघाट चोकमा शपिङ मार्ट संचालनमा आएको छ । पाँचखालका युवा ब्यवसायीहरुको संयुक्त प्रयासमा  करिव १ करोडको लगानीमा शपिङ मार्ट संचालनमा आएको हो । 
    अत्यावश्यक घरायसी सामानहरु पसलै पिच्छे खोज्दै हिड्नुपर्ने र सामान किन्न घन्टौ लाइन बस्नुपर्ने उपभोक्ताहरुको समस्यालाई मध्यनजर गर्दै सस्तो र सुपथ मुल्यमा सेवा पुर्याउने उदेश्यका साथ मार्ट सन्चालनमा ल्याइएको बताइएको छ । सेवा सुभारम्भको अवसरमा ग्राहकहरुलाइ फागुन महिनाभरी हरेक सामान खरिदमा ५ प्रतिशतसम्म छुट समेत दिइनेछ । मार्टमा खाद्यान्न, कस्मेटिक सामान, गिफ्ट तथा खेलौना, किचेनका सामग्रीहरु, स्वदेशी बिदेशी ब्रान्डका पेय पदार्थ, ग्यास, पानी, फ्रोजन सामग्रीहरु र पुजाका सामग्रीहरु पाइन्छ । साथै उपभोक्ता हरुको सेवा र सुबिधालाइ ध्यानमा राख्दै फ्री होम डेलिभरिको समेत सुबिधा रहेको छ । शपिङ मार्टले ३ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ । ग्राहकहरुलाई गुणस्तरीय सामान दिन कुनै कन्जुस्याइँ नगरिने मार्ट सन्चालकको भनाइ रहेको छ । सबै सामानहरु एकै  छानीछानी किन्न पाउँदा समयको बचत हुनुको साथै आफुले खोजे जस्तो सामग्री पाउँदा ग्राहकहरु पनि खुसी देखिएका छन् । केहि समयमा नै अन्य स्थानमा पनि शाखा खोल्ने तयारी रहेको संचालकले बताएका छन् ।