2026 April 23/ 08:27: 51pm

जुली खड्का/बनेपा
बनेपा नगरपालिका कृषि शाखाको आयोजनामा कृषकहरुलाई तरकारीको विउ वितरण गरेको छ । 
नगर प्रमुख लक्ष्मी नरसिं बादेले कृषकहरुलाई उक्त तरकारीको विउ वितरण गर्नु भएको हो । बादेले कृषकहरुलाई समय अनुसारको तरकारीको विउ वितरण गरिएको बताउनु भयो । नगरपालिकाले कृषि, पशुपक्षी, शिक्षा, स्वास्थ्य, सडक लगाएतमा निर्वाचित भएपछि तिब्र रुपमा काम गरेको बताउनु भयो । नगरबासीहरुको आयस्तर उकास्नका लागी नगरपालिकाले काम गरिरहेकाले सबै क्षेत्रमा विकास भएको बादेले वताउनु भयो । भौतिक पुर्वाधार मात्र विकास नभई जनताको आयस्तर उकास्नु पनि विकास रहेको बादेको भनाई थियो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेति, कृषी शाखा प्रमुख मुकुन्द केसी लगाएतकले शुभकामना मनतब्य राख्नु भएको थियो । कार्यक्रममा  ५ सय ६५ जना घरधुरीलाई तरकारी विउवितरण गरिएको अन्यलाई विस्तारै वितरण गरिने प्राविधिक नवराज घिमिरेले बताउनु भयो । प्रशिक्षार्थी पत्रकार