पाँचखाल/नेपाल लाईफ ईन्ष्युरेन्स पाँचखाल उपशाखाले सुरक्षित जिवन विमा गरेका रामगोपाल जोशिको मृत्यु भएपछि उक्त मृतको परिवारलाई विमा रकम हस्तान्तरण गरिएको छ ।
मृतक जोशिको श्रीमति शोभा श्रेष्ठ तथा छोरा रविन जोशिलाई पाँचखाल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुन्दर तामाङले रु १० लाख विमा रकम हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा तामाङले विमा गर्दा जिवन सुरक्षा र मृत्यु हुदाँ मात्र नभई बचत समेत हुने भएकाले विमा गर्नु राम्रो रहेको बताउनु भयो । थोरै रकमले समेत विमा गर्न सकिने भएकाले जिवन विमा, दृुर्घटना विमा अनिवार्य गर्नु पर्ने बताउनु भयो । हस्तान्तरण कार्यक्रममा पाँचखाल प्रहरी चौकिका सह ईन्चार्ज विरेन्द्र शाह, विमाका उपशाखा प्रमुख सुमन अर्याल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









