2026 April 23/ 08:29: 24pm

निराजन सेढाई/दोलाघाट
दुलालेश्वर बाताबरणिय तथा समाज सेवा क्लबको आयोजनामा र भुम्लु गाँउपालिकाको सहयोगमा खुल्ला फुटबल प्रातियोगिता हुने भएको छ । 
संस्थाले पत्रकार सम्मेलन गरी आगामी फागुन २९ गतेबाट दोलाघाटमा प्रतियाेिगता  हुने संस्थाका अध्यक्ष अष्टकुमार श्रेष्ठले बताउनु भयो । दोलाघाटको पर्यटन प्रवद्धन र खेलकुद विकासका लागी  उक्त प्रतियोगिताको आयोजना गरिएको श्रेष्ठले जानकारी दिनु भयो । विगत २२ वर्ष सम्म दोलघाटमा कुनै पनि फुटबल प्रतियोगिता नभएकाले यो वर्ष देखी खेलको शुरु गरिएको र आगामि वर्षहरुमा समेत निरन्तरता दिने श्रेष्ठले वताउनु भयो । जिल्ला तथा जिल्ला बाहिरका खेलाडी हरुको समेत सहभागिता रहने भएकाले दोलाघाटमा आन्तिरिक पर्यटका लागी समेत उपयुक्त रहेको श्रेष्ठको भनाई थियो । भुम्लु गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुवरले गाउँपालिका भित्र हुने सम्ुपर्ण खेलकुदहरुलाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको थियो । खेलमा प्रथम हुने टिमलाई नगद राशि १ लाख र द्धितिय हुने टिमलाई रु ५० हजार पुरस्कार रहेको जानकारी दिएको थियो । त्यसै गरी उक्त क्लब र दोलाघाट उद्योग वाणिज्य सघंको आयोजनामा आगामि चैत्र २८ गते देखी चौथो दोलाघाट महोत्सब हुने बताएको छ । दोलाघाट उद्योग वाणिज्य सघंका अध्यक्ष शुरेश कक्षपतिले दोलघाट आन्तरिक पर्यटनका लागी उपयुक्त स्थान रहेकोले त्यस्लाई ब्यबस्थीत गर्ने योजना रहेको बताउनु भयो । महोत्सबमा स्थानिय कृषि उत्पादन, लोकल माछा, खानाका परिकारहरु, मोटर बोर्ड लगाएतका स्टल राखिने कक्षपतिले जानकारी दिनु भयो । दोलालघाट पर्यटनका लागी अहिले ५ करोड लागतमा बुद्धको मुर्ति बनिरहेको, रिर्सोट सञ्चालनका लागि प्रक्रिया अगाडि बढाएको र स्थानिय सघं सस्थाहरुलाई एकता बद्ध गराई दोलाघाटलाई पर्यटनको हब बनाईने समेत कक्षपतिले बताउनु भयो । प्रशिक्षार्थी पत्रकार