प्रगेश कायस्थ/पनौती
ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ एकिकरण उत्सब तथा जेष्ठ नागारिक सम्मान कार्यक्रम नेफ्स्कुनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा पौड्यालले सहकारीहरु सहकारीको सिद्धान्त अनुसार सञ्चालन भएकाले नागरीकहरुको आयस्तर उकास्नका लागी सघाएको बताउनु भयो । सहकारीहरु अहिले एकिकरण र कार्य क्षेत्र विस्तार गर्दा केहि समस्या र चुनौती थपिएकाले समाधान तर्फ लविङ्ग गरिएको पौडेलले बताउनु भयो । सहकारीहरुले सहकारीको ऐन र नियम अनुसार सञ्चालन गर्नु पर्न र केहि सहकारीले नाफा कमाउन मात्र सञ्चालन गरेकाले त्यस्ता सहकारीहरुले गर्दा राम्रा सहकारीहरुको समेत बदनामी भएको पौड्ले बताउनु भयो । कार्यक्रममा संंथाका गतिविधी प्रमुख कार्यकारी अधिकृत गोपाल दाहालले प्रस्तुत गर्नु भएको थियो । संस्थाको २०७७ फागुन १५ गते सम्म कुल शेयर पुजिं ६ करोड ४७ लाख ४६ हजार ५ सय, कोष पुजिं ५ करोड ४७ लाख २७ हजार, कुल बचत ६० करोड ७ लाख ६९ हजार ५ सय, ऋण लगानी ५७ करोड ३६ लाख ४३ हजार, र कुल कारोबार ९० करोड ५२ लाख रहेको बताउनु भयो । सहकारीले सदस्यहरुको आवश्यकता लाई मध्यनजर गर्दे २० प्रकारका बचत सेवा, सदस्य विरामि हुँदा प्रत्येक बर्ष रु १० हजार र १८ प्रकारका घातक रोगको पहिचान भएमा एक मुष्ट ४० हजार उपचार खर्च, सदस्यको कालगतिमा मृत्यु भएमा ५५ हजार र दुर्घटनमा मृत्यु भएमा १ लाख ५ हजार प्रदान गरिने दाहालले बताउनु भयो । संस्थामा हाल १२ हजार शेयर सदस्य रहेका र ८ वटा सेवा केन्द्र बाट सेवा प्रदान गरिएको दाहालले बताउनु भयो । २०६९ सालमा ४ वटा सहकारीहरु एकिकरण गरी ज्योति मिर्मिरे सामुहिक सहकारी भएको र हाल अर्काे थप सहकारी एकिकरण गरिएको दाहालले बताउनु भयो । सहकारीले निशुल्क स्वास्थय शिबिर, रक्तदान, सरसफाई जस्ता सामाजिक क्षेत्रमा समेत काम गर्दे आएको दाहालले बताउनु भयो । कार्यक्रममा जिल्ला सहकारी सघं लिका अध्यक्ष दिलिप शर्मा, जिल्ला बचत सघंका बरिष्ठ उपाध्यक्ष ईन्द्र प्रसाद अधिकारी, बागमति प्रदेश बचत सघं सदस्य ठाकुर बास्कोटा, जिल्ला बाल संगठनका अध्यक्ष विदुर प्रसाद हुमागाई, के एमसि अस्पतालका प्रमुख कार्यकारी निर्देशक नारायण दाहाल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा ७० वर्ष भन्दा मार्थिका ५५ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी संस्थाका उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष कान्छिमैया थापाले राख्नु भएको थियो भने सञ्चालन सचिब दिपक प्रसाद दाहालले गर्नु भएको थियो । कार्यक्रममा के एम सि अस्पतालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थय शिबिरको आयोजना गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष उद्धब सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो । प्रशिक्षार्थी पत्रकार









