धुलिखेल/जिल्ला तथा स्थानीय तहका विपद् सम्पर्क व्यक्तिहरु बिच अन्तरक्रिया एबम समन्वय बैठक सम्पन्न भएको छ ।
जिल्ला बिपद् ब्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटी समुदायमा आधारित समाबेशी विपद् जोखिम न्यूनिकरण कार्यक्रम (क्ष्लअगिकष्खभ ऋयmmगलष्तथ द्यबकभम म्ष्कबकतभच च्ष्कप च्भमगअतष्यल उचयनचबm) को आर्थिक तथा प्राबिधिक सहयोगमा धुलिखेल नगरपालिकामा जिल्ला तथा स्थानीय तहका विपद् सम्पर्क व्यक्तिहरु बिच अन्तरक्रिया एबम् समन्वय बैठक सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालीजंग गणका प्रमुख गणपति प्रमुख सेनानी मिलन थापा, सशस्त्र प्रहरी काभ्रेका एसपी महेस के सी, डिएसपी कुमार बिक्रम थापा, सयोजक शिव सुबेदीले कार्यक्रममा विपद् ब्यवस्थापन गर्न सुझाव दिनु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलले विपद् जोखिम न्यूनिकरण तथा ब्ययबस्थापन ऐन २०७४, परिमार्जन २०७५, काम कर्तब्य, बारेमा छलफल गर्नु भएको थियो । नेपाल रेडक्रस सोसाइटीका सुरक्षा ब्यवस्थापन अधिकृत राजकुमार घिमिरेले खोज तथा उद्धार सामाग्रीको अवधारणा, महत्व वडा तथा पालिका समिति बिपद् समितिहरूको काम कर्तब्य र अधिकार, राहात बितरण, स्थानीय तहमा भएका बिपद्का घटनाहरुका बारेमा सहभागि सँग छलफल गर्नु भएको थियो । कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु, स्वस्थ्य कार्यालय, उद्योग बाणिज्य संघ काभ्रे धुलिखेल प्रमुखहरु, जिल्लाका क्लष्टरहरु, पत्रकारका महासघ काभ्रेका अध्यक्ष, पत्रकारहरु, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरू, नेपाल रेडक्रस सोसाईटीका कर्मचारीहरुको सहभागिता रहेको थियो ।









