2026 April 23/ 08:27: 49pm

    धुलिखेल/मानव अधिकार सम्वन्धी पाँचौ राष्ट्रिय कार्ययोजना सम्वन्धी अन्र्तक्रिया धुलिखेलमा सम्पन्न भएको छ । २०६१÷०६२ २०७५÷०७६ सम्म चारवटा कार्ययोजनाहरु कार्यान्वयनमा आएका थिए । पाँचौ राष्ट्रिय कार्ययोजनामा मानव अधिकार संरक्षण सम्बन्धी ब्यवस्था अन्र्तगत संवैधानिक तथा नीतिगत ब्यवस्था, कानूनी ब्यवस्था, संस्थागत ब्यवस्था र वर्तमान सरकारको प्राथमिकता तथा कार्यदिशाका बारेमा उल्लेख गरिएको छ । 
    मानव अधिकारको सम्मान, संरक्षण र सम्र्वद्धन गर्दै विधिको शासन कायम गर्ने, नेपालको संविधान तथा कानूनद्वारा प्रत्याभुत मानव अधिकारको वास्तपविक उपभोग गर्ने वातावरण सिर्जना गर्ने, मानव अधिकार प्रतिको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दायित्व कार्यान्वयन गर्ने, सार्वजनिक तथा निजी क्षेत्र एवं सामाजिक जीवनका सबै पक्षहरुमा मानव अधिकार संस्कृतिको प्रर्वद्धन गर्ने, संविधान प्रदत्त सामाजिक न्यायको हक कार्यान्वयनका लागि आर्थिक, सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका वर्ग, समुदायको संरक्षण र शशक्तिकारण गर्ने कार्ययोजनाको उद्देश्य रहेको खिमानन्द बस्यालले बताउनु भयो । 
    जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले मानवअधिकार सम्वन्धी विषय ब्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो । शिक्षा, स्वास्थ्य, खाद्य अधिकार, आवास, श्रम तथा रोजगार, बाल अधिकार र बाल न्याय सम्बन्धी विषयमा स्थानीय, प्रदेश र संघ सरकारको समन्वय आवश्यक रहेको प्रमुख केसीले बताउनु भयो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, समन्वय समितिका उपप्रमुख मञ्जु गौतम, खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलाल, कार्यालय प्रमुखहरु, नागरिक समाजका प्रतिनिधिहरु सहभागि थिए ।