धुलिखेल/नेपाल रेडक्रस सोसाइटी काभ्रे जिल्ला शाखा अन्तर्गत गठित काभ्रे, धुलिखेल, सेतिदेवी उपशाखाको सयुक्त संयोजनमा ट्रान्सपरेन्सी इन्टरनेसनल धुलिखेल शाखाको सहयोगमा जिल्ला स्तरीय विपद् ब्यबस्थापन अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य कुमार थापा लगायतले विपदमा सबै पक्षको सहयोग र समन्वय आवश्यक रहेको बताईएको थियो । कार्यक्रम सेतिदेवी उपशाखाका सभापति पुण्यवती घलेको अध्यक्षतामा सम्पन्न भएको थियो ।









