2026 April 23/ 08:29: 21pm

    धुलिखेल/जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेश कार्यालयल धुलिखेलले प्रदेश अन्र्तगत १३ जिल्लाका जिल्ला अस्पतालका प्रमुख तथा ल्याव टेक्निसियनहरुको समिक्षा कार्यक्रम आयोजना गरेको छ । निर्देशक नारायणबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न जिल्लामा भएका समस्या, अवसर र चुनौतीका बारेमा छलफल भएको थियो । 
    नेपालमा निजी क्षेत्रमा धेरै ल्याव भए पनि गु्णस्तर कमी भएको, दर्ता नभएका ल्याबहरु पनि संचालनमा रहेको र ल्याब संचालनमा रहेका ब्यक्तिहरु पनि आधिकारिक नभएको विषयमा अनुगमन गर्नु पर्ने सुझाव दिईएको थियो । अनुगमनका लागि अधिकार हस्तान्तरण भएको, दक्ष जनशक्ति नभएको तथा कर्मचारी समायोजनमा दरवन्दीहरु काटिएकाले समस्या भएको निर्देशक कार्कीले बताउनु भयो ।