2026 April 23/ 08:28: 12pm

    धुलिखेल/काभ्रे रेडियो टेलिभिजन प्रसारक मञ्चको शुभारम्भ गरिएको छ । प्रेस रजिस्टार रेवती सापकोटा, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल लगायतले संयुक्त रुपमा उक्त संस्थाको शुभारम्भ गरेका थिए । 
    अध्यक्ष सचित खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदुनाथ गौतम, जिल्ला अध्यक्ष मोतीराम तिमल्सिना, पूर्व अध्यक्षहरु भोला थापा, महेश पौड्याल, नारायण सापकोटा, मञ्चका सदस्य शंकर अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा उपाध्यक्ष रमेश न्यौपानेको स्वागत मन्तब्य तथा महासचिव रामकृष्ण बञ्जाराको संचालन रहेको थियो ।