2026 April 23/ 06:39: 01pm

    बनेपा/काभ्रे प्रेट्रोलियम डिलर्स एशोसिएशनले जिल्लामा रहेको प्रेट्रोल पम्पहरुलाई अग्नि नियन्त्रक ग्याँस सिलिण्डर वितरण गरेको छ । अध्यक्ष जनक तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्लाका ब्यवसायीहरुको सहभागिता रहेको थियो । 
    कार्यक्रममा ब्यवसायीहरुका केन्द्रिय अध्यक्ष लिलेन्द्र प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । पम्पहरुमा हुने जोखिमलाई न्युनिकरण गर्न उक्त ग्याँस सिलिण्डर महत्वपूर्ण साधन भएको उहाँले बताउनु भयो । जिल्लामा २५ वटा पम्प रहेका छन् । अग्नि नियन्त्रक ग्याँस सिलिण्डर २५ केजीको रहेको छ । केहि समय अघि देशका विभिन्न स्थानमा पम्पहरुमा भएको आगलागीका कारण पम्प र आसपासको क्षेत्र संवेदनशिल मानिदै आएको थियो । ब्यवसायीहरुले कर्मचारी तथा पम्प ब्यवसायी र सर्वसाधारण ग्राहकहरुको समेत सुरक्षाका लागि अग्नि नियन्त्रक ग्याँस सिलिण्डर राखेको अध्यक्ष तिमल्सिनाले बताउनु भयो । कार्यक्रममा पुर्व अध्यक्ष आत्मराम थापा लगायतका ब्यवसायीहरुको सहभागिता रहेको थियो ।