बनेपा/जिल्ला पेन्टर संघ काभ्रे, पनौती पेन्टर संघको एघारौं साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा केन्द्रिय सदस्य अर्जुन प्रसाद दाहाल, भक्तपुर जिल्ला खेलकुद विकास समितिका विश्वराम केसी, कृष्ण प्रसाद शर्मा हुमागाँई लगायतको उपस्थिती रहेको थियो ।
५१ जना मजदुरको उपस्थिती रहेको कार्यक्रमले सम्भु के. राउतको अध्यक्षतामा ७ सल्लाहकार र १९ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । सल्लाहकारमा मनोज बस्नेत, कमल खड्का, लक्ष्मी श्रेष्ठ, सावित्री बञ्जारा, फुलमाया लामा, कृष्ण सुनुवार र रिजन लामा रहेका छन् यस्तै जिल्ला सह अध्यक्षमा देव प्रसाद खड्का, उपाध्यक्षमा सानुभाई श्रेष्ठ, ज्ञानेन्द्र बस्नेत, सचिवमा निशान ताम्राकार, कोषाध्यक्षमा निरोज के. राउत र सह सचिवमा सानुमैया राई चयन भएका छन् । यस्तै सदस्यमा विजय लामा, लक्ष्मण घिमिरे, उमेश अमात्य, सरिता अधिकारी, विमल इेष्ठ, जानुकी घिमिरे, सिता राई, दिपक हुमागाँई, सुशान्त वि.क., इश्वरी अधिकारी, रामकृष्ण सापकोटा र सन्दिप लामा चयन भएका छन् ।









