2026 April 23/ 06:39: 07pm

    बनेपा/सरस्वती ब्वाइज क्लब, पनौती द्धारा आयोजित पनौती नगर स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि स्पोर्टिङ्ग चौकोट क्लब, चौकोटले जितेको छ । फाइनल खेलमा स्पोर्टिङ्ग चौकोटले आयोजक सरस्वती ब्वाइज क्लबलाई १–० गोलले पराजित गर्दै उपाधिमा जितेको थियो । खेलको एक मात्र निर्णायक गोल चौकोटका सुमन श्रेष्ठले फ्रिक मार्फत ११ औं मिनेटमा गरेका थिए ।
प्रतियोगिताको समापनको अवसरमा अयोजित कार्यक्रमका प्रमुख अतिथि पनौती नगरपालिकाका उप–प्रमुख गीता वञ्जाराले विजेता तथा उपविजेताहरुलाई नगद र शिल्ड प्रदान गर्नु भएको थियो । 
    कार्यक्रममा पनौती नगरपालिकाका उप–प्रमुख वञ्जाराले खेलकुदको महत्वबार चर्चा गर्दै नगर स्तरमा खेलकुदको विकासका योजनालाई सहयोग गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । माघ २४ गते देखि फागुन ८ गते सम्म संचालित उक्त प्रतियोगितामा २६ टिमको सहभागीता रहेको थियो । विजेता चौकोटले नगद २५ हजार साथै उपविजेता आयोजक टिमले नगद १५ हजार प्राप्त गरेका थिए । उक्त कार्यक्रममा नगरको खेल विकासमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो र प्रशंसा–पत्र सहित सम्मान गरिएको थियो ।