नमोबुद्ध/सीप सिकाएर आत्भनिर्भर बनाउने अभियान अन्तर्गत नमोबुद्ध नगरपालिकाले महिलाका लागि पाँच दिने सीप विकास तालिम उपलब्ध गराएको छ ।
नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्यमशिलतालाई रोजगारीसँग जोडन्पर्ने र नगरमा उत्पादन भएका विभिन्न वस्तुलाई ब्रान्डिङ गर्दै आर्थिक विकासको थालनी गरिने बताउनु भयो । नगरपालिका उपप्रमुख रामदेवी तामाङले धेरै महिलाले सीप नहुँदा समस्या भोग्नुपरेको भन्दै त्यसको अन्त्य गर्दै आत्मनिर्भर बनाउन तालिम सुरु गरिएको बताइन् । उनले महिलाका लागि नगरपालिकाले यसअघि पनि आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम आयोजना गरेको जानकारी दिँदै महिलाले उत्पादन गरेका विभिन्न सामग्रीको बजार व्यवस्थापन गर्ने बताउनु भयो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप विकास गर्न सके आय आर्जन बढ्ने र आय आर्जन बढ्दा आत्मनिर्भर भइने बताए ।
तालिममा नमोबुद्ध नगरपालिका वडा नं. १, ७, ८, ९, १० र ११ गरी छ वटा वडाका ३० भन्दा बढी महिलाको सहभागिता रहेको थियो ।









