2026 April 23/ 06:39: 02pm

    श्रीखण्डपुर/धुलिखेल नगरपालिका वडा नम्बर ५ को वडा भेला तथा प्रशिक्षण कार्यक्रम नेकपा केन्द्रिय सदस्य तथा जिल्ला कमिटी अध्यक्ष एवं धुलिखेल नगर प्रमुख अशोक ब्यान्जुको  प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    नगर प्रमुख ब्यान्जुले नेकपाले विकासको लहर ल्याएकोले सबै जनतालाई सुखी र समृद्ध बनाईने बताउनु भयो । धुलिखेल नगरपालिका भित्र एक घर एक धारा, प्रत्येक वडामा पार्क, सडक, फ्रि वाईफाई, अनलाईन प्रणली कर, स्मार्ट सिटी लगाएतका विकासका कामहरु गरिरहेको बताउनु भयो । भर्खरै जिल्लाकै पहिलो बाल मैत्री नगर, साक्षर नगर घोषण, स्वस्थ शहर अवधारणा बनाई फड्को मारेकाले घोषण पत्रमा प्रतिबद्धता गरेका कामहरु पुरा हँुदै गएको बताउनु भयो । कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा उप प्रमुख विमला शर्मा, अखिल नेपाल महिला सघं जिल्ला अध्यक्ष कमला काफ्ले, जिल्ला कमिटी सदस्य तिर्थमाया प्रधान, जिल्ला कमिटी सदस्य टिकाप्रसाद हुमागाई, जिल्ला कमिटी सदस्य तथा युवा सघं धुलिखेल अध्यक्ष सिवि लामा, अनेरास्ववियू केन्द्रिय सदस्य हरिशचन्द्र घिमिरे, चौकोट युवा समाज अध्यक्ष गौरी प्रधान लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
    कार्यक्रममा स्वागत मन्तब्य वडा सदस्य सजना खड्गीले राख्नु भएको थियो । कार्यक्रममा सप्तलाल श्रेष्ठ संयोजक, पार्वती थापा सचिब रहेको वडा कमिटी गठन गरेको छ । त्यसैगरी अनेमसंघ संयोजक तारादेवी राजवंशी रहेको वडा कमिटी गठन गरेको छ । कार्यक्रमको सभापत्वि वडा संयोजक सप्तलाल श्रेष्ठले गर्नु भएको थियो भने सञ्चालन जिल्ला कमिटी सदस्य दयाराम महतले गर्नु भएको थियो ।