बनेपा/बनेपा नगरपालिका वडा नम्बर ३ मा नेकपाको वडा भेला तथा प्रशिक्षण पूर्व सञ्चार तथा सुचना प्रविधि मन्त्री एवं नेकपा केन्द्रिय सदस्य तथा काभ्रे जिल्ला ईन्चार्ज गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
भेलामा बास्कोटाले नेकपा पार्टी जनताको सपनन पुरा गर्ने थलो भएकाले सबै जनताको सपना पुरा गर्ने बताउनु भयो । पदका निम्ती र प्रधानमन्त्रीको कुर्सीका लागी प्रचण्ड र माधब नेपालले पार्टी एकतालाई टुङ्गोमा नप¥याई भगं गरेको आरोप लगाउनु भयो । केपी ओली प्रधानमन्त्रीको फोटो झुण्ड्याउन नभई देश बनाउन गएकाले विकासको शुरुवात भएकोले उक्त काम पूरा गर्नका लगाी फेरी केपी ओलीको नेतृत्वलाई जिताउनु पर्ने बास्कोटाको भनाई थियो । देशको हितमा काम गर्दा सरकार छोड्नु पर्ने हो ? नाकाबन्दीको सामना गरी अर्काे देशसँग पारहवन गर्दा पार्टी फुटाउनु पर्ने हो ? जनताले प्रचण्ड माधबलाई जवाफ दिनु पर्ने बास्कोटाले भन्नुभयो । कार्यक्रममा नेकपा केन्द्रिय सदस्य रुकमणी राना, नेकपा जिल्ला कमिटी सदस्य तथा बनेपा नगर ईन्र्चाज कुमार तिमल्सिाना, नगर प्रमुख लक्ष्मी नरसिं बादे, जिल्ला कमिटी सदस्य तथा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, जिल्ला कमिटी सदस्य रामशरण दाहाल लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य जिल्ला कमिटी सदस्य तथा वडा नम्वर ३ का अध्यक्ष कृष्णप्रसाद दाहालले स्वागत मन्तब्य राख्नु भएको थियो भने सभापतित्व जिल्ला कमिटी सदस्य तथा वडा संयोजक रामप्रसाद दाहालले गर्नु भएको थियो ।
भेलाले राजु बजगाई संयोजक, केदारप्रसाद दाहाल सह संयोजक, कमलप्रसाद दाहाल सचिब र लक्ष्मण दाहाल सह सचिब रहेको ५१ सदस्य वडा कमिटी गठन गरेको छ । त्यसै गरी अनेमसघं वडा कमिटी संयोजकमा मैया दाहाल र सचिबमा शुभद्रा बजगाई रहेको २५ सदस्य वडा कमिटी, अखिल किसान सघंको वडा संयोजकमा यज्ञप्रसाद बजगाई, सह संयोजक राम सिग्देल, सचिब हिरामणी दाहाल र यूवा सघं नेपाल ३ नम्बर वडा कमिटी संयोजक गणेश गुरुङ्ग, सचिब अर्जुन बजगाई उत्पिडत जातिय मुक्ति समाजको संयोजक रामबहादुर विक रहेको वडा कमिटी गठन गरेको छ ।
त्यसै गरी बनेपा नगरपालिका वडा नम्बर ८ को वडा भेला तथा प्रशिक्षण कार्यक्रम बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । नगर प्रमुख बादेले नगरको समग्र विकासका कामहरु तिब्र गतिमा अगाडी बढेको वताउनु भयो । शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पुर्वाधार विकासहरु तिब्र गतिमा अगाडी बढेको वादेले वताउनु भयो । निर्वाचनमा गरेका प्रतिबद्धताहरु पुरा हुदै गएकाले सबै नगरबासीहरुलाई विकासमा साथ दिन समेत बादेले आग्रह गर्नु भयो । कार्यक्रममा बनेपा नगरपालिकाका उप प्रमुख एवं जिल्ला सदस्य रेखा दाहाल, जिल्ला कमिटी सदस्य कृष्ण मानन्धर, जिल्ला कमिटी सदस्य रत्नकुश रञ्जीत, नवराज मानन्धर लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको भेलाले श्याम मानन्धर संयोजक, सह संयोजक ज्ञानेन्द्र मानन्धर, सचिब सुनिल मानन्धर र सह सचिव सौगल मानन्धर रहेको ५१ जना सदस्य वडा कमिटी गठन गरेको छ । कार्यक्रमको सभापतित्व वडा संयोजक श्याम मानन्धरले गर्नु भएको थियो ।









