2026 April 23/ 07:19: 53pm

निर्वाचनमा सबै, सँधै सँगै 
    धुलिखेल/जिल्ला निर्वाचन कार्यालय काभ्रेले निर्वाचन आचारसहिंता कार्यान्वयनमा सरकोकारवालाहरुको भूमिकाका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । 
    अन्तरक्र्रियामा जिल्लाका विभिन्न राजनितीक दलका प्रतिनिधीहरु, सरकारी कार्यालयका प्रमुखहरु, संचारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय काभ्रेका प्रमुख उमेशकुमार राईले निर्वाचन आचार सहिताका बारेमा प्रस्तुतिकरण गर्नु भएको थियो । निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनियता कायम गर्न आयोगले २०७२ लाई प्रतिस्थापन गर्न निर्वाचन आचार संहिता २०७७ निर्माण प्रक्रियामा रहेको बताउनु भयो । निर्वाचन आचार संहितामा नैतिक आचरण, कानुनी दस्ताबेज, आर्दश आचरण, ब्यबहार, नैतिक बन्धन, सरोकारवालाहरुको सहभागितामा सरोकारवालाहरुलाई लागु हुने विशिष्ट खालको आचरणको नियम लगाएत रहेको राईले बताउनु भयो । कार्यक्रममा राजनीतिक दलहरुले आर्थिक पारर्दशिता, निर्वाचन प्रचारप्रसार ब्यबस्थित, मौन अबधिमा गर्नु पर्ने कार्य, निवार्चन सम्पन्न पश्चात पछिका नियम लगाएतका बारेमा जानकारी गराएको थियो । 
    निर्वाचनलाई डर र भय मुक्त बनाई चाडवाडका रुपमा लिई निर्वाचन आयोगले निर्वाचनमा सबै सँधै सँगै भन्ने नारा तय गरेको जनाएको छ । कार्यक्रममा जिल्ला समन्वय उप प्रमुख मन्जु गौतमले निर्वाचन आचार सहिंताका बारेमा मन्तब्य राख्नु भएको थियो । कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।