2026 April 23/ 07:20: 34pm

    धुलिखेल/भुमि सम्बन्धी समस्या समाधान आयोगको कार्यालय उद्घाटन तथा अभिमुखिकरण कार्यक्रम पूर्व सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    आयोगको कार्यालय धुलिखेलको जिल्ला समन्वय समतिमा राखिएको छ । कार्यालय उद्घाटनसँगै आयोगका अध्यक्ष रामकृष्ण हुमागाई, विज्ञ सदस्य जेनिस लामा र सदस्य अम्बिका हमाल ठकुरीले कार्यभार सम्हाल्नु भएको छ । कार्यक्रममा प्रमुख अतिथी पुर्वमन्त्री गोकुल बास्कोटाले सबै नागरिकलाई भुमिको मालिक बनाउने राज्यको नीति रहेकाले पक्ष विपक्षमा नलागी न्यायपुर्ण काम गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशन दिनुभएको छ । वर्षाैदेखीको समस्या समाधान हुन लागेको भन्दै बास्कोटाले कुनै बहानामा काममा अलमल गर्ने छुट आयोगलाई नरहेको समेत बताउनु भयो । बास्कोटाले सबै जनप्रतिनिधि, राजनीतिक दलहरुलाई उक्त कार्यमा सहयोग गरी कानुन अनुसार काम गर्न आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा वागमति प्रदेश सांसद् गोमा भुर्तेल, नेपाल नगरपालिका सघंका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिं बादे, पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, नमोबुद्ध नगरपालिका प्रमुख टिपि शर्मा, प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेल गाउँपालिका अध्यक्षहरु, उपाध्यक्षहरु, वडा अध्यक्षहरु, विभिन्न कार्यलयका प्रमुखहरको सहभागिता रहेको थियो । 
    कार्यक्रममा भुमि आयोगका विज्ञ जेनिश लामाले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम भुमि आयोगका जिल्ला अध्यक्ष रामकृष्ण हुमागाईको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रम संचालन शाखा अधिकृत परशुराम थापाले गर्नु भएको थियो ।