बनेपा/पाँचखाल नगरपालिका वडा नं ३ का शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बिच पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले उद्घाटन गर्नु भएको छ ।
आन्तरिक व्यवस्थापनमा ल्याईएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको हो । स्वास्थ्य केन्द्र उदघाटन पछि भएको कार्यक्रममा नगरप्रमुख खरेलले प्रत्येक नागरिकको घर–घरमा स्वास्थ्य सेवा पु¥याउने उदेश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । ६५ बर्ष भन्दा बढि उमेरका आमाबुबालाई प्रत्येक घरमा पुगेर मुस्कान सहित स्वास्थ्य जाँच गर्ने जानकारी दिए । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र झा, पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्वल अधिकारी, पाँचखाल नगरपालिका वडा नं ३ का अध्यक्ष सुन्दर अधिकारी लगायतले स्वास्थ्य केन्द्रबारे मन्तब्य राखेका थिए ।
स्वास्थ्य सेवा सुलभ बनाउने उदेश्यले नागरिकलाई स्वास्थ्यको पँहुच पु¥याउनका लागि वडाको विशेष पहलमा शहरी स्वास्थ्य केन्द्र स्थापना भएको पाँचखाल ३ का वडा अध्यक्ष अधिकारीको भनाई छ ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवार, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमागाई, शिक्षा शाखा प्रमुख दिनानाथ पन्थी, लेखा प्रमुख विदुरकुमार धिमाल, सुनकोशी पाँचखाल खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछाने, पाँचखाल १३ का वडा अध्यक्ष सुकविर लामा, पाँचखाल उद्योग बणिज्य संघका अध्यक्ष राजन कार्की लगायतको सहभागिता रहेको थियो ।









