बनेपा, नाला/नेकपामा तत्कालिन पार्टी अध्यक्ष प्रचण्ड र माधब नेपालको अहमतासँगै कुर्सी र पदको लोभका कारण संसद विघटन र पार्टी फुटेको नेकपा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले बताउनु भएको छ ।
नेकपा बनेपा नगरपालिका वडा नम्बर १ को वडा भेला तथा प्रशिक्षण कार्यक्रममा ब्यान्जुले उक्त कुरा बताउनु भएको हो । ब्यान्जुले प्रचण्डका सहयात्री सबैले छोड्दै गएका बेलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपि ओलिले ४० प्रतिशत हिस्सा दिएर देश बनाउनका लागी पाटी एकता गरेको तर पार्टी र देश बनाउन नभई कुर्सीका लागी मात्र प्रचण्ड लागेको उहाँले बताउनु भयो । देशलाई बन्धक बनाई खाली पद हाताहाती चाहिएकाले र विकासका कामहरु भन्दा पनि देशलाई सकंटमा धकेल्न खेजेकाले संसद भगं गरी ताजा जनादेशमा जान लागेको बताउनु भयो । देश कोरोनाले आक्रान्त बनिरहेको समयमा पार्टीका केहि नेताको निजी स्वार्थले देशलाई उन्नती तर्फ भन्दा पनि ब्यक्तिगत स्वार्थमा लागेकाले आजको परिस्थिती बनेको ब्यान्जुले बताउनु भयो । ब्यान्जुले कार्यकर्ताहरुलाई अलिकति पनि चिन्ता नलिई पार्टी निर्माणमा लाग्न र आगामी निर्वाचमा नेकपाको जित सुनिश्चित गर्न निर्देशन दिनु भयो ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य विनोद गौतम, जिल्ला कमिटी सदस्य तथा बनेपा नगर ईन्चार्ज कुमार तिमल्सिना, जिल्ला कमिटी सदस्य रामशरण दाहाल, जिल्ला कमिटी सदस्य रत्नकुश रञ्जित, बनेपा नगरपालिका कार्यपालिका सदस्य तथा जिल्ला कमिटी सदस्य प्रमिला पाण्डे, अनेरास्ववियु केन्द्रिय सदस्य मुकुन्द लामिछाने, पुर्व गाविस उपाध्यक्ष सिताराम सञ्जेल लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको भेलाले प्रेम थापा संयोजक, पर्रशुराम दुलाल सचिब रहेको वडा कमिटी गठन गरेको छ । त्यसै गरी कल्पना लामिछाने संयोजक र शुसिला जिसी रहेको अनेमसघं कमिटी गठन गरेको छ । कार्यक्रममा स्वागत मन्तब्य जयराम श्रेष्ठले राख्नु भएको थियो भने सभापतित्व हिरामणी दुलालले गर्नु भएको थियो ।









