धुलिखेल/आकाश भैरब क्लबलाई बाग्मति प्रदेश लिग फुटबल प्रतियोगिता सहभागिता जनाउनका लागी नेपाल नगरपालिका महासंघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक व्यान्जुले खेलकुद सामाग्री हस्तान्तरण गर्नु भएको छ ।
ब्यान्जुले नगरपालिकाले खेलकूदका लागी सहयोग गर्ने बताउनु भयो । नगरमा युवा, खेलकुद महिला दलित सबै क्षेत्रलाई समेटिएको बताउनु भयो । खेलकूदको लागी नगरले आवश्यक पर्ने खेलकूद सामग्री लगायत सम्पूर्ण क्षेत्रमा सहयोग गर्ने बताउनु भएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिकाका उप–प्रमुख बिमला कुमारी शर्मा, अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवं रेफ्रि संयोजक रविन्द्रनाथ श्रेष्ठ, धुलिखेल वडा नं ७ का वडा अध्यक्ष रोमी प्रसाद व्याञ्जु, धुलिखेल वडा नं ६ का वडा सदस्य रोजना श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका अध्यक्ष विकास नारायण श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष एवं प्रायोजक डल्बा हाउसका प्रबन्धक निरोज श्रेष्ठ, काभ्रे जिल्ला फुटबल संघका उपाध्यक्ष अमित खोजु, काभ्रे जिल्ला फुटबल संघका कोषाध्यक्ष प्रभात कुमार श्रेष्ठ, अर्थभुमि साकोसका प्रबन्धक आनन्द सागर योगल, सेवानुङ्ग साकोसका प्रबन्धक राम भुजेल लगायत क्लबका पदाधिकारी, प्रशिक्षक तथा खेलाडीहरूको सहभागिता रहेका थियो । कार्यक्रममा क्लबका उपाध्यक्ष पुकार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।









