पनौती/पनौती नगरपालिकामा बृहत माटो परिक्षण शिविर सम्पन्न भएको छ । माटोको
अवस्था पत्ता लगाई माटो बिग्रिन नदिन साथै उत्पादकत्वमा वृद्धि गर्न माटो परिक्षण गरिएको कृषि तथा पशुपक्षीं शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो । शिविरका लागि माटो तथा मल परिक्षण प्रयोगशाला बागमती प्रदेश हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । माटो परिक्षण शिविरमा ४ सय ५० जना कृषकले माटो परिक्षण गराएका छन् । माटो सम्बन्धि मुख्य विषय स्थलगत रुपमै जाँच गर्न सक्ने उपकरण सहितको प्रयोगशाला (भ्यान) मार्फत कृषकले ४ घण्टामा नै आफ्नो जमिनको अवस्था बारे जानकारी प्राप्त गर्न सक्ने माटो तथा मल परिक्षण प्रयोगशाला बागमती प्रदेश प्रमुख डाक्टर जनार्दन खड्काले बताउनुभयो ।









