2026 April 23/ 05:28: 33pm

बनेपा/रेयुकाई एईको मासुनागा आँखा अस्पतल बनेपाले धनुषा जिल्ला स्थित मिथिला नगरपालिकाको ढल्केबरमा शाखा विस्तार गर्न लागेको छ । शाखा विस्तार गर्ने क्रममा उक्त स्थानमा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको अस्पतालका महा–सचिव हिरामणि शर्माले बताउनु भयो । अस्पतालले सोहि क्रममा २ दिने मोतिविन्दु शल्यक्रिया शिविर उक्त नवनिर्मित भवनमा सम्पन्न गरेको छ । अस्पतालका नेत्र विशेषज्ञ डा. सोनी चापागाईको नेतृत्वको टोलिले सेवा दिएको थियो । शिविरमा १ सय ८८ जना मोतिविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको जनाएको छ । शिविरमा मिथिला नगरपालिका नगर प्रमुख हरिनारायण महतो, उपप्रमुख तारा लामा बस्नेत तथा स्थानीय समाजसेवीहरुले सहयोग गर्नु भएको महासचिब शर्माले बताउनु भयो । विगत २ वर्ष  अघि देखी स्थानिय राजाराम महतोले छ कट्टा जमिन अस्पतालाई निःशुल्क दान गरे पछि नेपाली सेना, डुली ईन्टरभेड लगायतका संघ संस्थाहरुको सहयोगमा भवन निर्माण कार्य भैईरहेको छ । सन् २०२१ को मध्यतिर औपचारिक शुभारम्भ हुने उक्त भवन सम्पन्न नहुन्जेल हाल ढल्केबर चोकबाट अस्पतालले सेवा दिदै आएको छ । स्थानीय क्षेत्रको आवश्यकतालाई मध्यनजर गरी हाल एम्बुलेन्स सेवा समेत उपलब्ध रहेको शर्माले बताउनु भयो । अस्पतालले आगामि ३ महिना भित्र सिन्धुपाल्चोकको खाडीचौरमा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउन लागेको महासचिव हिरामणि शर्माले जानकारी दिनुभयो ।