2026 April 23/ 05:28: 43pm

बनेपा/बनेपा नगरपालिकालाई शैक्षिक हबका रुपमा लिईदै आएकोमा बनेपा नगरपालिका वडा नम्बर ८ ईट्टा भट्टामा थप अर्काे मन्टेश्वरी स्कुल सञ्चालनमा आएको छ । 
श्रीपञ्चमी देखी शुभारम्भ गरिएको गुरुकुल मन्टेश्वरी स्कुलमा प्लेग्रुप देखी युकेजी सम्मका कक्षा सञ्चालन गरिने संचालक रमेश सापकोटाले बताउनु भयो । युवाहरुको सक्रियतामा  उक्त मन्टेश्वरीको सञ्चालन गर्न लागिएको सापकोटाले बताउनु भयो । स–साना नानीबाबुहरुलाई पढाई सँगै ब्यबहारिक र प्रयोगात्मक ज्ञान, अनुशासित, शिष्टाचारयुक्त र जिम्मेवारीको भावना विकास गर्न, बौद्धिक, सामाजिक, भावनात्मक आध्यात्मिक पक्षको विकास गर्न, दैनिक जीवनमा आवश्यक पर्ने ब्यबहारिक शिक्षाका साथै गणित भाषा र साँस्कृतिक बिषयमा अब्बल बनाउने उदेश्यले उक्त मन्टेश्वरीको सञ्चालन गरिएको सापकोटाले बताउनु भयो । 
उक्त मण्टेश्वरीमा तालिम प्राप्त, दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्यापन गराईने, खेल र प्रयोगात्मक अभ्यासबाट सिक्न प्रेरित गर्ने, घरायसी तथा मायालु वातावरणमा रमाईलो सुरक्षित र प्रभावकारी ढंगले सिकाईने, स्वच्छ, स्वस्थकर सन्तुलित खाना खाजाको ब्यबस्था, नानीबाबुहरुको स्वास्थ्य वीमा समेत गरिने निर्देशक देवेन्द्र खड्काले वताउनु भयो । स्कुलले श्रीपञ्चमीको अवसरमा १ हप्ता सम्म निःशुल्क भर्ना गर्ने समेत बताएको छ ।