काभ्रेका १३ स्थानीय तह मध्ये पाँच वटाले गाउँ नगरसभा सम्पन्न गरिसकेका छन भने दुई वटाको सभा सुरु भएको छ । नेपाल सरकारले हरेक स्थानीय तहलाई छ –छ महिनामा अनिर्वाय नगर ÷गाउँसभा गर्नुपर्ने नीति अनुसार काभ्रेका स्थानीय तहहरुले हिउँदे सभा गरिरहेका हुन ।
जिल्लाका पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका, तेमाल गाउँपालिका र चौँरीदेउराली गाउँपालिकाको सभा सकिएको छ । धुलिखेल र मण्डनदेउपुर नगरपालिकाको नगरसभा सुरु भएको छ । त्यस्तै बनेपा नगरपालिका, पाँचखाल नगरपालिका, बेथानचोक गाउँपालिका, खानीखोला गाउँपालिका, महाभारत गाउँपालिका, भुम्लु गाउँपालिकाले हिउँदे सभा गर्ने तयारी गरिरहेको जनाएका छन ।









