2026 April 23/ 05:28: 44pm

धुलिखेल/स्विजरल्याण्डको बीसीडी माइक्रोटेक्निक एसए कम्पनीको सहयोग र स्विजरल्याण्डको हिमालय आई प्रोजेक्टको समन्वयमा चार अस्पताल र चार स्वास्थ्य केन्द्रलाई अक्सिजन भेन्टिलेटर मेसिन हस्तान्तरण गरिएको छ । 
उक्त संस्थाले धुलिखेल अस्पताललाई छ वटा अक्सिजन भेन्टिलेटर हस्तान्तरण गरेको थियो । त्यस्तै दोलखा अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, सोलुखुम्बुको पासाङ ल्हामु अस्पताल, सोलुखुम्बु कै खरिखोला स्वास्थ्य केन्द्र, ताप्लेजुङको घुन्सा स्वास्थ्य केन्द्र, डोल्पा जिल्लाको तिन्जे स्वास्थ्य केन्द्र र दोलखाको गौरीशंकर स्वास्थ्य केन्द्रलाई अक्सिजन भेन्टिलेटर हस्तान्तरण गरिएको हो । 
धुलिखेल अस्पतालमा हिमालय आई प्रोजेक्टका संस्थापक सर्ज क्याराटले अस्पताल तथा स्वास्थ्य केन्द्रका प्रमुखहरुलाई उक्त अक्सिजन भेन्टिलेटर हस्तान्तरण गर्नुभएको थियो । उक्त मेसिनको मूल्य सात हजार अमेरिकी डलर पर्ने जनाइएको छ । हस्तान्तरण कार्यक्रममा क्याराटले कोभिडका बिरामी र अन्य अक्सिजनका बिरामीलाई उक्त मिसिन उपयोगी हुने बताउनुभयो । सहभागीहरुले उक्त मेसिन पाएपछि दुर्गम गाउँका जनतालाई सेवा दिन सहज हुने भन्दै खुशी व्यक्त गरे ।