2026 April 23/ 05:27: 32pm

    धुलिखेल/प्रादेशिक जनस्वास्थ्य ल्याव धुलिखेलले ल्याव्रोटरी वेस्ट म्यानेजमेन्ट सम्वन्धी चार दिने तालिम सम्पन्न भएको छ । बागमती प्रदेशका स्वास्थ्य तालिम केन्द्रका निर्देशक बद्रिबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा १३ जिल्लाका १६ जना सहभागिहरु रहेका थिए । 
    कार्यक्रममा स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झा, प्रादेशिक जनस्वास्थ्य ल्यावकी डा. प्रमिला बैद्य, धुलिखेल अस्पतालका सुरेन्द्रकुमार मधु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, प्रादेशिक ल्यावका शंकर शाही, सहभागि मायालु तामाङ लगायतले तालिम ब्यवहारीक रुपमा उपयोग गर्न सुझाव दिए । ल्यावबाट उत्पादित सामाग्रीहरुलाई सहि ब्यवस्थापन गर्न नसक्दा ब्यक्ति, समुदाय र अन्य क्षेत्रमा समेत संक्रमण फैलन सक्ने तर्फ सचेत हुन तालिम प्रभावकारी रहेको सहभागिहरुले बताए ।