धुलिखेल/मन्जुश्री सम्बत २८५७ अतर्था सोनाम ल्होछारको अबरसमा बृहत्त ल्होछार सास्कृतिक कार्यक्रम नेपाल नगरपालिका सघंका अध्यक्ष धुलिखेल नगरपालिका प्रमुख तथा नेकपा जिल्ला कमिटी अध्यक्ष अशोक ब्यान्जुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बखुण्डोल बृद्ध पार्कको आयोजनामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बोजोड प्रस्तुती रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी ब्यान्जुले नगरपालिकामा सबै जातजाती धर्म सस्कृतिहरुलाई सम्मान र संरक्षण गरिने बताउनु भयो । नगरले सबै धर्मलाई पर्वका रुपमा लिई सम्मान स्वरुपम विदा समेत दिने गरिएको बताउनु भयो । ब्यान्जुले समाजमा जोगाउनु पर्ने नै आफ्नो धर्म र सस्कृति भएकाले अहिलेको पिढिहरुले त्यसलाई विस्तारै विर्सदै गएको समेत बताउनु भयो । धर्म र सस्कृतिक जोगाउनु सबै को दायित्व रहेकाले नगरपालिकाले अभिभावक ग्रहण गरी सबैलाई सम्मान गरि बजेट समेत बयबस्थापन गरेको ब्यान्जुले बताउनु भयो । कार्यक्रममा धुलिखेल नगरपालिका उप प्रमुख विमला शर्मा, ४ नम्बर वडा अध्यक्ष रविन्द् कर्मचार्य, अन्तराष्ट्रिय तामाङ परिषदका बरिष्ठ उपाध्यक्ष टासी लामा, समाजसेवी दोर्जेमान जिक्बा, राष्टिय कलाकारहरु बृद्धि तामाङ(हैट) विकु थोकर शर्मिला थिङ लगाएत कलाकारहरुले सास्कृतिक कार्यक्रम गरेका थिए । कार्यक्रम बखुन्डोल बुद्ध पार्कका अध्यक्ष सत्यमान लामाको सभापतित्वमा सम्पन्न भएको थियो ।









