2026 April 23/ 05:00: 05pm

    सापिङ्ग/नेकपा भुम्लु १ सापिङमा बिष्णु लामाको नेतृत्वमा ४० सदस्य वडा कमिटि गठन भएको छ । वडा कमिटिको भेलाले बिष्णु लामा सयोजक र सिताराम ढुंगानालाई सचिवमा चयन गरेको हो । 
    कार्यक्रममा नेकपा केन्द्रीय सदस्य रिता ढकाल (धरिना), जिल्ला सदस्य नकुल पराजुली, क्षेत्र श्रेष्ठ, प्रेम लामा, गणेश बुढाथोकी, पशुपति पन्त लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । साथै वुद्धिजिवि, शुभचिन्तक पार्टीलाइ माया गर्ने कार्यकर्ताहरुके सहभागिता रहेको थियो । 
    पार्टिको जनबर्गिय संगठन अन्तर्गत नेपाल राष्ट्रिय युवा संघ, किसान महासंघ, अनेमसंघ लगायत मोर्चाको गठन भएको छ । भिम तामाङ्गलाई सयोजक र नविना आरनलाई सचिवमा चयन गर्दै १९ सदस्य युवा संघ नेपाल गठन गरिएको भुम्लु नेकपा वडा कमिटी आयोजकले जानकारी दिएका छन् ।