2026 April 23/ 05:00: 04pm

    पाँचखाल/पाँचखालमा जारी खुल्ला पाँचखाल प्रथम मेयर कपको उपाधी समाजकल्याण युवा क्लबले प्राप्त गरेको छ । 
    पाँचखालको पुफा ग्राउण्डमा भएको फाईनल खेलमा समाजकल्याण युवा क्लबले लास्सोखोक धनलक्ष्मीयुवा क्लबलाई ४–२ गोल अन्तरमा हराउँदै प्रथम मेयर कपको उपाधी जितेको हो । 
    निर्धारित ९० मिनेटको खेलमा दुबैपक्षले गोल गर्न नसकेपछि भएको ट्राईबेकरमा समाजकल्याण युवा क्लबले ४ गोल तथा लास्सोखोक धनलक्ष्मीयुवा क्लबले २ गोल गरेका थिए । प्रथम भएको समाजकल्याणले नगद १ लाख, ट्रफि तथा शिल्ड, दोश्रो हुने लास्सोखोक धनलक्ष्मीयुवा क्लबले ५० हजार नगद, ट्रफि तथा शिल्ड पाएका छन् । 
    खेलमा बेष्ट गोलकिपर विष्णु केसी, बेष्ट डिफेण्डर आसिस श्रेष्ठ, बेष्ट मिडफिल्डर सुरज ठकुरी, बेष्ट कोच राम सिलवाल तथा बेष्ट स्कोरर सुरेश खत्री भए । 
विजयी टिम तथा खेलाडीलाई पाँचखाल नगरप्रमुख महेश खरेलले पुरस्कार वितरण गरे । वितरण कार्यक्रममा नगरप्रमुख खरेलले खेल जीवन र जीवन नै खेल भएको बताए । नगरप्रमुख खरेलले खेललाई नियमपूर्वक खेल्नुपर्ने बताए ।