2026 April 23/ 05:00: 14pm

बनेपा/बनेपा नगरपालिकाको साँगामा पशुपंक्षी ओसार पसार  भेटेरिनरी जाँच केन्द्रको स्थापना गरिएको छ । बनेपा नगरपालिका पशुपक्षी शाखाले  काठमाडौ तारकेश्वर नगरपालिकामा बर्डफ्ल्लु देखिए पछि काभ्रेमा भित्रिन नदिनकालागी उक्त जाँकेन्द्र स्थापना गरिएको नगरपालिका प्रमुख प्रशासकिय अधिकृत कविराज उप्रेतिले वताउनु भयो । केन्द्रको उद्घान बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिंबादेले गर्नु भएको थियो । बादेले वनेपा भएर बाहिरी जिल्लामा जाने र भित्रिने भएकाले रोग र सक्रमण नफैलनका लागी नाकामा उक्त जाँच केन्द्रको स्थापना गरिएको बताउनु भयो । सबै गाडाीहरुले उक्त स्थानमा प्राविधिकहरुलाई चेक जाँच गराएरमात्र ओसारपसार गर्न समेत बादेले बताउनु भयो । नगरपालिकाले नागरीकहरु प्रति सचेत रहि उक्त रोगबाट हुन सक्ने जोखिमलाई रोक्नका लागी सबै क्षेत्र सचेत रहनु पर्ने बताउनु भयो । नगरपालिका मात्र सचेत भएर नपुग्ने हुदाँ सम्पुर्ण नागरीक, ब्यबयासीहरु सचेत सतकर्ता अपनाउनु पर्ने बादेले वताउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिबराम पोखरेल, शसत्रका एसपी महेश केसी, जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी भुपेन्द्र खत्री, भेटेरिनरी अस्पतालका प्रमुख डा. मंगोल प्रसाद शाह, अनुसन्धान प्रमुख अरुण कार्कि लगाएतका ब्यक्तिहरुले सबै नागरीकहरुले सतकर्ता अपनाउनु पर्ने बताउनु भयो । कार्यक्रममा भेटेरिनरी अस्पतालका डा मगोल प्रसाद शाहले जिल्लामा वर्ड फ्लु भित्रिन नदिनका लागी रोशि गाँउपालिकाको मगंलटारमा र बनेपाको सागाँमा उक्त जाँच केन्द्र स्थापना गरी २४ सै घण्टा सेवा दिईरहेको बताउनु भयो । कार्यक्रमको अध्यक्षता बनेपा नगरपालिका वडा नम्बर १४का वडा अध्यक्ष गौरी राउतले गर्नु भएको थियो सञ्चालन नगरपालिका पशुपक्षी शाखा प्रमुख श्याम महतोले गर्नु भएको थियो ।