2026 April 23/ 05:00: 15pm

पनौती/काभ्रे ईङ्गलिस माध्यमिक विद्यालयको २२ आंै वार्षिक उत्सब तथा पुरस्कार वितरण कार्यक्रम पनौती नगरपालिका शिक्षा शाखा श्रोत ब्यक्ति महेश्वर जंगमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथी जंगमले जिल्लाकै नमुना विद्यालयको शैक्षिक गतिविधिप्रति सन्तुष्टि रहेको बताउनु भयो । विद्यालयले बोर्ड प्रथम, जिल्ला प्रथम हुन सफल उक्त विद्यालयको शैक्षिक लगाउत अतिरिक्त क्रियाकलापहरुलाई अझै परिस्कृत गर्दे लैजानु पर्ने बताउनु भयो । घोकन्ते शिक्षा भन्दा ब्यबहारिक शिक्षा र प्राविधिक र ब्यबसायीक शिक्षामा विद्यालयले जोड दिनुपर्ने जंगमले बताउनु भयो । कोरोनाले गर्दा विद्यालय लामो समय सम्म बन्द रहेकामा स्वास्थ्य मापदण्ड पुरा गरी सञ्चालन भएता पनि अझै सचेत रहन आग्रह गर्नु भएको थियो । ।
कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन विद्यालयका प्रिन्सिपल बसन्तराज नेपालले प्रस्तुत गर्नु भएको थियो । विद्यालयले आगामी शैक्षिक सत्रबाट आफ्नै भवनमा कक्षा सञ्चालन गरिने र कोरोनाका बिचमा समेत बैकल्पिक विधिद्वारा शिक्षण गरिएको, स्वास्थ्यको मापदण्ड पूरा गरि कक्षा सञ्चालन गरिएको बताउनु भयो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति सदस्य शान्तिराज कायस्थ, भुतपूर्व विद्यार्थी संगठन तदर्थ समिति संयोजक प्रतिक कर्माचार्य, शिक्षक सविता मैनाली विद्यार्थी आकृति अधिकारी लगायतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । 
कार्यक्रममा उत्कृष्ट विद्यार्थी, कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रम विद्यालयका ब्यबस्थापन समिति अध्यक्ष जगन्नाथ अवाको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरेका थिए ।