2026 April 23/ 05:00: 07pm

बनेपा/बुडोल सामुदायीक बचत तथा ऋण सहकारी संस्था लिको २२ औ वार्षिक उत्सब सम्पन्न भएको छ । 
संस्थाका अध्यक्ष कैलाश केसीले संस्थाको २२ औँ वार्षिकोत्सवको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख सल्लाहकार रामहरी के.सी.ले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा संस्थाको गतिविधि प्रमुख कार्यकारी अधिकृत विबेकराज ठकुरीले प्रस्तुत गर्नु भएको थियो । संस्थामा आ.व.०७÷।०७७ को अन्त्यसम्ममा १३ हजार ८ सय ४६ जना शेयर सदस्य, ५ हजार ७ सय ३१ जना बाल बचतकर्ता आबद्ध छन् । संस्थाको कुल सम्पत्ति रु.१ अर्ब २५ करोड १३ लाख ९८ हजार ५ सय ८६, बचत संकलन रु.९५ करोड १० लाख ७ हजार ५ सय २२ शेयर पूँजी १२ करोड २६ लाख ५ हजार १ सय ऋण लगानी रु.९६ करोड ४६ लाख ८८ हजार ६ सय २५ जगेडा तथा अन्य कोष रु.११ करोड ५ लाख ५१ हजार ४५ रहेको छ । आ.व.०७६।०७७ मा संस्थाले संचालन मूनाफा रु.३ करोड ६९ लाख ४४ हजार २ सय ४९ गरेको छ । 
    संस्थाले सदस्यहरुलाई बचत र ऋण सेवाका अतिरिक्त रेमिट्यान्स सुविधा, आर्थिक सुरक्षा कार्यक्रम मार्फत विविध सुविधाहरु उपलब्ध गराउँदै आएको छ । सदस्य मृत्यु राहत रु.३०,०००।–, सुत्केरी सहयोग रु.६,०००।–, जटिल रोग उपचार रु.२०,०००।–, दुर्घटना बीमा रु.१,००,०००।–, दैवी विपत्ति सहयोग रु.२०,०००।– मुख्य कार्यालय सहित बनेपा, धुलिखेल र नाला क्षेत्रमा गरी ४ वटा कार्यालयबाट सदस्यहरुलाई सेवा प्रवाह गरेको छ । संस्थाले राष्ट्रिय स्तरमा विभिन्न पुरस्कार प्राप्त गरिसकेको छ भने एशियाली ऋण महासंघबाट २०६९ सालदेखि  लगातार एक्सेस ब्राण्ड प्राप्त गर्न सफल भएको छ । कार्यक्रममा स्थापनाको अवसर पारेर २६ औँ रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको थियो । रक्तदान कार्यक्रममा २४ जनाले रक्तदान गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव जयराम थापाले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन संस्थाका अध्यक्ष एवं कार्यक्रमको  सभापति कैलाश के.सी.ले गर्नुभएको थियो ।