बनेपा/आकस्मिक रुपमा घोषणा गरिएको आमहड्ताल विरुद्ध बनेपाका ब्यवसायीहरुले विरोध गरे सँगै बन्दकर्ताहरु भागेका छन् । बन्दकर्ताहरु लुकेर गल्लि गल्लिबाट ढुंगा हान्न थालेसँगै प्रहरीले केहिलाई नियन्त्रणमा लिएको थियो ।
बन्दकर्ताहरुको झुण्ड सानो भएकाले केहि बेर जर्बजस्ति नागरिकलाई रोकेको भए पनि प्रहरीले उनिहरुले लखेटे पछि नेता फरार भएर कार्यकर्ताहरुले गल्लिबाट लुकेर ढुंगा हानेका थिए । प्रहरीले बन्द गराउने समुहका केहि नियन्त्रणमा लिएको बताएको छ । अरनिको राजमार्ग बन्द गराउन सडकमा बसेका नेकपाका नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिने तयारी गरे सँगै नेताहरु भागेका थिए । आन्दोलनकारीकै अगाडि ब्यवसायीहरुले पसल खोलेर ब्यापार गरिरहेका थिए । पसल बन्द गराउन गएका आन्दोलनकारीलाई ब्यवसायीले पसलको भाडा तिरिदिनु अनि बन्द गर्छु भन्दै हपारेर पठाएका थिए । बन्द गराउन पूर्व नेकपा माओवादीका कार्यकर्ताको सक्रियता थियो । पूर्व नेकपा एमालेका कार्यकर्ताहरु लुकेर सहभागी भएका थिए ।
सडकमा गुडिरहेका गाडीहरुलाई ढुंगा हान्न थाले पछि प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो । बन्दकर्ताहरुले विहानै सडकमा टायर बाल्न खोजे पनि असफल भएका थिए । बन्द गराउन असफल भएसँगै उनिहरु तितरवितर भएका थिए । विभिन्न संकायको परीक्षा भएका कारण विद्यार्थीहरु सडकमा अलपत्र परेका थिए । अलपत्र परेकाहरुलाई रिजर्भ गरेर राजधानी पु¥याईएको थियो । बन्दकर्ताहरुको विरोध गर्दै सडकमा हिड्ने पैदलयात्रीहरुले गाली गरेका थिए ।









