बनेपा/काठमाडौ र काभ्रेपलाञ्चोक जिल्ला भर कार्यक्षेत्र भई सदस्य, समुह र समुदायमा आधारित एशियाकै सर्वोत्कृष्ट संस्थाका रुपमा परिचित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले अर्धवार्षिक समीक्षा गरेको छ ।
समिक्षामा संस्थाको शेयर सदस्य संख्या ३९ हजार २ सय ६८, बचत तथा निक्षेपतर्फ २ अर्ब ५३ करोड ८३ लाख १४ हजार, ऋण लगानीमा रहेको रकम २ अर्ब ५६ करोड, ६३ लाख, ९९ हजार रुपैया रहेको छ । कुल सम्पत्ति ४ अर्ब ४१ करोड ८६ लाख ५१ हजार रुपैया पु¥याउन सफल भएको संस्थाका प्रमुख व्यवस्थापक के.बि.लामाले बताउनु भयो । संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न उक्त समीक्षा गोष्ठीमा २०७७ श्रावण महिनामा भएको बार्षिक समीक्षाको निष्कर्ष तथा रणनीतिहरु र कार्यान्वयनको अवस्था, अर्धबार्षिक प्रगतिको समीक्षा तथा सबल पक्ष, सुधार गर्नुपर्ने कुराहरु र चालू आ.व. २०७७÷७८ को निर्धारित लक्ष्य तथा प्रगति हासिल गर्नका लागि अपनाउनु पर्ने थप रणनीतिहरुको बारेमा छलफल भएको थियो । कार्यक्रममा संस्थाको कर्पोरेट कार्यालय लगायत ७ वटा सेवा कार्यालयको क्षेत्रगत प्रगति प्रतिवेदन एवं रणनीति एवं कर्पोरेट कार्यालयका विभागीय व्यवस्थापकहरुले विभागीय प्रगति एवं रणनीति, प्रमुख व्यवस्थापकले समष्टिगत प्रगति एवं लक्ष्य, ऋण उपसमितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक भिम वहादुर के.सी, लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक सुन्दर श्रेष्ठ, लघुवित्त उपसमितिको प्रतिवेदन एवं रणनीति समितिका संयोजक पुनम घिमिरेले प्रस्तुत गर्नुभएको थियो । लक्ष्य हासिल गर्ने रणनीति र कार्यक्रम संचालनका लागि थप निर्देशन संस्थाका कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले गर्नु भएको कार्यक्रममा कार्यक्रमको सभापति एवं संस्थाको अध्यक्ष प्रदिप थापाले निचोड सहित कार्यक्रम समापन गर्नु भएको थियो । कार्यक्रममा संचालक समितिका पदाधिकारी एवं सदस्यहरु, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक एवं सदस्यहरु, ऋण लागानी तथा असूली उपसमितिका संयोजक एवं सदस्यहरु, सेवा कार्यालय व्यवस्थापन उप समितिका संयोजक एवं पदाधिकारी, प्रमुखव्यवस्थापक, विभागीय व्यवस्थापक, कार्यालय व्यवस्थापक, सहायक कार्यालय व्यवस्थापक एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो । सचिव रामशरण भण्डारीले संचालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष भिमसेन प्रसाद सापकोटाले गर्नु भएको थियो ।









