धुलिखेल/नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले आसन्न महाधिबेशनको तयारी बैठक धुलिखेलमा सम्पन्न गरेको छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न बैठकको संचालन महासचिव रमेश विष्टले गर्नु भएको थियो भने स्वागत जिल्ला शाखा अध्यक्ष मोतीराम तिमल्सिनाले गर्नु भएको थियो । धन्यवाद ज्ञापन उपाध्यक्ष विपुल पोखरेलले गर्नु भएको थियो ।
तयारी बैठकमा प्रेस काउन्सिलका का. अध्यक्ष गोपाल बुढाथोकी, प्रेस संगठन, नेपालका नेताद्वय गणेश बस्नेत र महेश्वर दाहाल, प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, उपाध्यक्ष दिपक आचार्य, प्रेस संगठनका नेताहरु विष्णुमणि सुवेदी, गणेश पाण्डे, बालकृष्ण बस्नेत, फोनिजका अध्यक्ष डण्ड गुरुङ, क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र रावत, प्रगतिशील पत्रकार संघका निवर्तमान अध्यक्ष नारायण शर्मा, प्रेस नेपालका अध्यक्ष केशव अर्याल, लोकतान्त्रिक छापामाध्यामका अध्यक्ष दामोदर दवाडी, सञ्चारिका समुहकी अध्यक्ष नितु पण्डित, कृयाशिल महिला पत्रकार समाजकी अध्यक्ष अमिका राजथलाm, केन्द्रिय समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
महासंघले दुई वर्षे रणनीतिक योजना र आसन्न २६ औं महाधिवेशन, निर्वाचन समिति, महासंघलाई साझा र सर्वपक्षीय, सबै विचार र आस्थाको प्रतिनिधित्व गर्ने चरित्रको बनाउने लगायतका एजेण्डामा सहभागिहरुले विचार र मार्ग निर्देश गर्नु भएको थियो । बैठकको संयोजन नेपाल पत्रकार महासंघ काभ्रे शाखाले गरेको थियो ।









