2026 April 23/ 03:46: 55pm

बनेपा/धनेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लि.को अर्धबार्षिक समीक्षा संस्थाका अध्यक्ष बद्री प्रसाद पलाञ्चोकेको अध्यक्षतामा सम्पन्न भएको छ । 
कार्यक्रममा पलाञ्चोकेले संस्थाको २०७७ साउन देखी पौष सम्मको कारोबार र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाको कुल शेयर पूँजीं ६९ लाख २२ हजार ९ सय र कुल कारोबार ११ करोड २० लाख ९६ हजार रहेको बताउनु भयो । संस्थाका प्रबन्धक भवसागर रञ्जितले संस्थाले कोरनाका महामारी बिचमा समेत राम्रो प्रगति गरेको पलाञ्चोकेको भनाई रहेको थियो । सदस्यहरुलाई बोनस, ऋण ब्याजमा छुट, लगायतका कार्यहरु संस्थाले प्रदान गरेको बताउनु भयो । 
कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुमाया श्रेष्ठले स्वागत मन्तबय राख्नु भएको थियो भने धन्यबाद ज्ञापन कोषाध्यक्ष उमेश शाक्यले राख्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहाकार टिकाभक्त भोछिभोयाले शुभकामना मन्तबय राख्नु भएको थियो । कार्यक्रम सञ्चालन सचिव श्याम मुनालले गर्नु भएको थियो ।