बनेपा/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) काभ्रे जिल्ला कमिटीको जिल्ला भेला बनेपामा सम्पन्न भएको छ । नेकपा केन्द्रिय सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै नेता बाँस्कोटाले देश निर्माणको कर्णधार बालबालिकाहरुलाई राजनीतिक, सांस्कृतिक, ऐतिहासिकता र मुलुकको समग्र परिवेशका बारेमा प्रशिक्षित गर्नुपर्ने बताउनु भयो ।
जिल्लाभरका पाँचसय भन्दा धेरै विद्यार्थीहरुको भेलाले संयोजकमा गोविन्द उप्रेती र सह–संयोजकमा अशोक खनाललाई चयन गरेको छ । यसैगरी उक्त भेलाले अनेरास्ववियू काभ्रेमा दुई सय उनान्सय सदस्सीय काभ्रे जिल्ला स्तरिय भेला आयोजक कमिटी गठन गरेको छ । अनेरास्ववियू काभ्रे जिल्ला संयोजक उपेन्द्र शर्माको अध्यक्षतामा सम्पन्न भेलामा प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गोकुल बास्कोटा, संविधानसभा सदस्य रामहरी सुवेदी, नेकपा काभ्रे जिल्ला अध्यक्ष अशोक व्याञ्जु, युवासंघ केन्द्रिय नेता अमित लामा, अनेरास्ववियू केन्द्रिय नेता समिक बडाल, जेनिस लामा, राकेश लामा लगायतको उपस्थिति रहेको थियो ।









