बनेपा/नेपाल अटो मेकानिक्स ट्रेड युनियन बनेपा नगरको प्रथम वार्षिक उत्सव तथा स्थापना दिवस युनाईटेड लुब्रिकेशन ईन्डष्ट्रिज प्रालिका डेपुटी जनरल म्यानेजर दिनेश खानालको प्रमुख आतिथ्यतामा तथा ट्रेड युनियन बनेपा नगरका अध्यक्ष नन्दलाल पटेलको सभापतित्वमा सम्पन्न भएको छ ।
प्रमुख अतिथी खनालले नेपालमै उत्पादित अन्तर्राष्ट्रिय मान्यता प्राप्त मोबिल(लुब्रीकेशन) प्रयोग गर्न वर्कशपहरुलाई आग्रह गरेका थिए । स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखी गुणस्तरीयता सम्बन्धी कुनै पनि द्विविधा नरहेकाले स्वदेशमा उत्पादनलाई नै प्रयोग गर्न आग्रह गरे । मेकानिक्सहरुलाई कम्पनीले तालिमहरु प्रदान गर्ने मोबिल सम्बन्धी जानकारी गराउने भएकाले सकेकसम्म नेपालमा उत्पादित मोबिल, हेल्मेट, पार्टपुर्जाहरु प्रयोग गर्न खनालले आग्रह गरेका थिए । कार्यक्रमका विशेष अतिथी जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले प्रत्येक वर्कशपहरुले सुरक्षा र चोरीका बाईकहरु प्रति सचेत रहन आग्रह गरे । अहिले बजारमा बाईक चोरी बढिरहेको र केहि वर्कशपमा गई वाईकको मोडालिटी परिर्वतन गरी कम मुल्यमा विक्री गरेको पाईएकाले वर्कशपहरुलाई सचेत रहन आग्रह गरेका थिए । जिल्ला ट्राफिक कार्यालय र ईलाका प्रहरी कार्यालय बनेपाले वर्कशपहरुलाई सचेत गराउँदै बाईक धनीहरुको विलबुक वा सवारी धनिको परिचय खुल्ने कागजात बिना सर्भिस, मर्मत नगर्न सचेत गराएका छन् ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्र आचार्य, अटो म्यागेजिनका डाईरेक्टरका रोशन श्रेष्ठ, युनाईटेड लुब्रीकेन्ट प्रालि मार्केटिङ्ग म्यानेन्जर मनोज जिसी, काभ्रेका आधिकारिक विक्रेता राम पोटे लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत मन्तब्य तथा वार्षिक प्रतिवेदन सचिव सुरेश गौतमले राखेका थिए । गौतमले बनेपा नगरमा ५२ जना युनियनमा आबद्ध रहेको बताए । सदस्यहरुको दुर्घटना बिमा, तालिम, सदस्य अनिलको मृत्यु पश्चात परिवारलाई ३२ हजार सहयोग, बनेपा नगरपालिकाको सहजीकरणमा सदस्यहरुलाई करदाता शिक्षा प्रदान जस्ता कामहरु गर्दे आएको गौतमले बताए । गौतमले सबै वर्कशपहरु युनियनमा आबद्ध भई आफ्नो पेशा र ब्यवसायलाई मर्यादित बनाउन र समस्या परेको खण्डमा युनीयनले सहजीकरण गर्ने बताए । कार्यक्रममा सुरक्षा सेफ्टीका लागी ईलाका प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयलाई ४ वटा हेलमेट प्रदान गरिएको थियो ।





