2026 April 28/ 11:19: 48pm

    बनेपा/जिल्ला अधिबेशनको एक वर्ष पछि एमाले काभ्रेको पाँचौ पूर्ण बैठकले जिल्ला कमिटीको पूर्णतासँगै सचिवालयलाई समेत पूर्णता दिएको छ । एमाले पोलिटब्युरो सदस्य एवं जिल्ला ईन्चार्ज गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकको अध्यक्षता जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलले गरेका थिए ।
    बैठकले जिल्ला कमिटीमा धुलिखेलका दयाराम महत, बनेपाका वर्ण शाक्य, नमोबुद्धका धर्म लामा, पाँचखालका शिव न्यौपाने, मण्डनदेउपुरका टामेप्रसाद सापकोटा र ईश्वरी घिसिङ, बेथान्चोकका मोहन भुजेल, तेमालका सिंहबहादुर तामाङ, रोशी तुलबहादुर राना मगर आशिष, पनौतीका रामचन्द्र सापकोटा सहित १० जनालाई मनोनित गरेका छ । मनोनित भएका र निर्वाचित सदस्यहरुलाई जिम्मेवारी हेरफेर सहित नयाँ जिम्मेवारी तोकेको छ । जिल्ला कमिटीको सचिवालयमा इन्द्रमान तामाङ, उद्धव सापकोटा, कृष्णप्रसाद दाहाल, गुणनाथ सापकोटा, टिकाराम लामा, मिरा पौडेल, राधाकृष्ण बस्ताकोटी, बसन्त कुँवर, विपिन लामा, श्यामसुन्दर चौलागाई, श्यामसुन्दर श्रेष्ठ, सुर्दशन हुमागाई, नवराज ढकाल, नवराज भुर्तेल, निरोज पाण्डे, विमला सापकोटा दाहाल, शालिकराम पराजुली र शिव न्यौपाने मनोनयन भएका छन् । १ सय १५ सदस्यीय जिल्ला कमिटीका सबैले जिम्मेवारी प्राप्त गरेका छन् । 
    जिल्ला सल्लाहकार परिषद्मा २३ जनालाई मनोनयन गरेको छ । मनोनित हुनेहरुमा डिलबहादुर तामाङ, कृष्णप्रसाद खनाल, कृष्ण सापकोटा, लोमप्रसाद सापकोटा, नवराज पराजुली, जंगबहादुर पुलामी, नारायण शाह, माधव पराजुली, जयबहादुर लुङ्गेली, बसन्तबहादुर भ्लोन, बसन्त रानाभाट, सुबास धिताल, दामोदर न्यौपाने, पूर्णबहादुर तामाङ, शम्भबबहादुर कँडेल, सलामसिं तामाङ, सिता लामा, विन्दा बोहोरा, बुद्ध सिं लामा, मञ्जरी नेपाल, कुमार बहादुर थापा, अक्रुर गौतम र कुलध्वज लामा रहेका छन् । त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्वर १ निर्वाचन क्षेत्रीय समन्वय कमिटीमा २७ जना, प्रदेश सभा १ क मा १६, प्रदेश सभा १ ख मा १७ जना, प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्वर २ मा १५ जना, प्रदेश सभा २ क मा १२ जना, प्रदेश सभा २ ख मा १५ जना मनोनित भएका छन् । केहि विभागहरुले पूर्णता पाएका छन् । २०८१ जेष्ठ ३० गते एमाले काभ्रेको जिल्ला अधिबेशनले अध्यक्षमा राजन भुर्तेल विजयी भएका थिए । उपाध्यक्षमा देवसागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रञ्जितकार र उपसचिव (महिला) मा सुर्यमाया दनुवार निर्वाचित भएका थिए ।