2026 April 28/ 11:20: 39pm

धुलिखेल/६ वर्षमा १० हजार ३ सय ४४ थान मुद्दा दर्ता भए । हरेक वर्ष नयाँ मुद्दा दर्ता हुने क्रम बढेको छ । ९ हजार ५ सय ५९ थान मुद्दा फैसला भएका छन् । फैसला हुन बाँकी १४ सय ६२ थान छन् । आर्थिक वर्ष २०८२/०८३ का लागि ति मुद्दाको जिम्मेवारी सरेको हो । २ वर्ष अवधी पुरा भएका २२ थान मुद्दा बाँकी छन् । आर्थिक वर्ष २०८१/०८२ मा २ सय ४७ थान मुद्दा दुई वर्ष अवधी पुरा भएका फैसला भए । 
    आर्थिक वर्ष २०८१/०८२ मा कार्यालयले ६५ प्रतिशत मुद्दा फछ्र्याैटको लक्ष्य राखेको थियो । लक्ष्यको ९१.७६ प्रतिशत मुद्दा फैसला भएको छ । कुल मुद्दाको ५९.२८ प्रतिशत फैसला भएका छन् । अघिल्लो वर्षको तुलनामा यो प्रतिशत एक प्रतिशतले धेरै हो । दर्ता र फैसला हुने क्रम बढेको श्रेस्तेदार कर्णबहादुर राईले बताए । उक्त आर्थिक वर्षमा १३ सय ५८ वटा मुद्दा जिम्मेवारी सरि आएका थिए । २२ सय ३३ नयाँ दर्ता भए । अघिल्लो वर्ष २ हजार ६७ वटा नयाँ दर्ता भएका थिए । १२ सय २८ वटाको जिम्मेवारी सरि आएको थियो । कुल मुद्दाको संख्या ३५ सय ९१ थान पुगेका थिए । 
    दर्ता भएका मध्ये सबैभन्दा धेरै सम्बन्ध विच्छेदका छन् । ६ सय ३७ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । चेक अनादारमा २ सय ४५ वटा दर्ता भए भने अंशचलन सम्वन्धी ३ सय ३१ वटा मुद्दा दर्ता भएका छन् । भरणपोषण तथा मानाचामल सम्वन्धी ९८ वटा, जर्बजस्तीकरणी सम्वन्धी ४४ वटा र अन्य ८ सय ७८ वटा मुद्दा दर्ता भएको श्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए । 
    अदालतमा सरल मार्ग, सामान्य मार्ग, विशेष मार्ग, रिट र १८ महिना नाघेकालाई अलग अलग प्राथमिकतामा राखेर लक्ष्य निर्धारण गरिएको हुन्छ । १५ सय ६१ थान मुद्दा मेलमिलापमा पठाउन सकिने भए पनि २ सय ९६ थान मुद्दा मेलमिलापमा पठाईएको थियो । ७८ वटा मेलमिलाप भए । १ सय ८५ वटा फिर्ता भए । ३३ वटा प्रकृयामा छन् । 
    एक आर्थिक वर्षमा १८ सय ६४ थान मुद्दाको फैसला प्रमाणीकरण गरिएको छ । २४ सय ९२ थान मुद्दाको फैसला लेख्नु पर्नेमा ६ सय २८ वटा प्रमाणीकरण हुन बाँकी छन् । अघिल्लो वर्षको जिम्मेवारी ३ सय ६३ वटाको थियो । फैसला कार्यान्वयनमा ४ सय ३ वटा जिम्मेवारी सरेको, ५ सय ७७ वटा नयाँ लगत समेत गरी ९ सय ८० मध्ये ६ सय ८ वटा फछर््र्याैट भएका छन् । म्याद तामेली नयाँ ९ हजार १ सय २५ वटा मध्ये ९ हजार ५० वटाको तामेली भएको छ । ९९.१७ प्रतिशत प्रगति हो । 
    अभिलेख ब्यवस्थापन विक्रम सम्वत १९८० बाट शुरु भएको हो । गत वर्षसम्म ४६ हजार ६ सय ६, यो वर्ष १८ सय ८९ गरी ४८ हजार ४ सय ९५ वटा भएका छन् । सफटवेयरमा ४५ हजार ९८ थान दर्ता भएका छन् । संचारकर्मीसँगको अन्र्तक्रियामा प्रमुख जिल्ला न्यायाधिक मातृकाप्रसाद आचार्य, श्रेस्तेदार कर्णबहादुर राई, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोदकुमार न्यौपाने लगायतको सहभागिता रहेको थियो ।