2026 April 28/ 11:20: 39pm

पनौती/पतंजलि योग समितिबाट पनौतीको वडा नं. ९ स्थित सुनथानमा पतंजलि जागेश्वरी योग साधना केन्द्रको स्थापना गरि योग ध्यान साधना अभियान प्रारम्भ गरिएको छ । 
पतंजलि योग समिति बागमती प्रदेश प्रमुख ग्रोवेन तौजले र सो वडाका वडाध्यक्ष सहकुल हुमागाईको उपस्थितिमा स्थानीय बयोबृद्घ द्वयबाट समुद्घाटन गरिएको सो अभ्यासमा पतंजलि बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेले दैनिक योग अभ्यासबाट स्वस्थ जीवन बाँच्न सकिने भएको हुनाले स्थानीय सम्पूर्ण जनसमुदायलाई योग अभियानमा साथ दिनुहुन विशेष अनुरोध गरेका छन् । 
सो अवसरमा पतंजलि योग समिती सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकाश कायष्ठ, महिला अध्यक्ष इन्दिरा तौजले, नि.अध्यक्षद्वय हरिशरण श्रेष्ठ र अनु श्रेष्ठ लगायतका पदाधिकारीहरु, स्थानीय जनप्रतिनिधीहरु र योग साधक साधिकाहरुको उपस्थिति रहेको थियो ।
  यसैबिच पतंजलि योग समिती काभ्रे, महिला समिति काभ्रे र युवा नेपाल काभ्रेले संयुक्त रुपमा गुरु पूर्णिमा पतंजलि योग समिती बागमती प्रदेश प्रमुख ग्रोवेन तौजलेको प्रमुख आतिथ्यतामा मनाईएको छ । उक्त कार्यक्रममा स्वामी रामदेव र आचार्य वालकृष्णको फोटोमा माल्यार्पण गरिएको थियो । 
५ सय भन्दा बढी योग साधक साधिकाहरुले आफ्नो गुरुहरु प्रति पूष्पगुच्छा, खादा, माला, अबिर, टिका लगाई सम्मान प्रकट गरिएको उक्त कार्यक्रममा पतंजलि योग समिती बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, प्रदेश सदस्य दमन कुमार श्रेष्ठ, जिल्ला अध्यक्ष प्रकास कायष्ठ, महिला अध्यक्ष ईन्दिरा तौजले, युवा नेपाल अध्यक्ष रमेश श्रेष्ठ, नि.व. अध्यक्ष हरिशरण श्रेष्ठ, अनु श्रेष्ठ लगायत सल्लाहकारहरु, पदाधिकारीहरु र विभिन्न योग सेन्टरका संयोजकहरुको उपस्थिती रहेको सञ्चार प्रभारी मिलन भक्त श्रेष्ठले बताउनु भयो ।
   यसैगरी श्रीखण्डपुर योेग साधना केन्द्रका पुनः स्थापित कार्य समितिको पदस्थापन कार्यक्रम भएको छ । प्रमुख अतिथी पतंजलि योग समिती बागती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले पानसमा दिप प्रज्वलित गरि पदस्थापन कार्यक्रममा नया कार्य समितीको जिल्ला अध्यक्ष प्रकास कायष्ठले नाम घोषणा गरिएको थियो जसमा अध्यक्षमा अनिल श्रेष्ठ, महा सचिव हरिचन्द्र श्रेष्ठ, सदस्यहरुमा नारायण प्रधान, तुमला राजभण्डारी, गायत्री थापामगर, अन्जु सुवाल, पूर्ण लक्ष्मी श्रेष्ठ, विरेन्द्र राज भारत र सावित्री प्रधान रहनु भएको छ । 
   सो केन्द्रका अध्यक्ष पदमा श्रेष्ठबाट स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा जिल्लाका नि.व.अध्यक्ष हरिशरण श्रेष्ठ, अध्यक्ष प्रकास कायष्ठ, धुलिखेल नगर संयोजक विष्णु शर्मा, सल्लाहकार जयराम श्रेष्ठले मन्तव्य राख्नु भएको कार्यक्रमको सभापतित्व पहिलो सत्रमा पदमा श्रेष्ठ र दोस्रो सत्रमा अनिल श्रेष्ठले गर्नुभएको थियो भने संचालन उक्त केन्द्रका दयाराम महतले गर्नुभएको थियो ।