2026 April 28/ 09:59: 14pm

         बनेपा/नेपाल स्वास्थ्य प्राविधिक सघंको ४७ आंै स्थापना दिवसका अवसरमा जिल्ला कार्यसमिति काभ्रेले बृद्वाश्रममा रहेका जेष्ठ नागरिकलाई खाद्यान्न वितरण गरेको छ ।
           प्राविधिक सघंका केन्द्रिय उपाध्यक्ष कमला वाग्ले थापाको प्रमुख आतिथ्यतामा उक्त खाद्यान्न सामाग्री वितरण गरिएको थियो । संघका जिल्ला अध्यक्ष सन्दिप केसीले जिउँदा भगवान भएकाले जेष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताए । संघले स्थापना दिवसका अवसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दे आएको केसीले बताए । कार्यक्रममा केन्द्रिय सदस्य पार्थवमणी न्यौपाने, राजकुमार काफ्ले, जिल्ला सल्लाहाकार सरोज थापा, स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।