2026 April 28/ 11:20: 38pm

      बनेपा/बनेपा नगरपालिकाको आयोजनामा नगरपालिका क्षेत्र भित्रका गृहणी महिलाहरुका लागी संचालित ४५ दिने बेशिक ब्यूटीपार्लर तालिम, १ महिने एड्भान्स ब्यूटिपार्लर तालिम, ढाका बुनाई तालिम र बाँसको चोयाबाट घरेलु सामग्री बनाउने तालिमको समापन गरिएको छ । 
        तालिम समापन पछि तालिममा सहभागीहरुलाई नगर प्रमुख शान्तिरत्न शाक्यले प्रमाण पत्र वितरण गरेका छन् । शाक्यले नगरपालिकाले प्रत्येक वर्ष विभिन्न सिपमुलक तालिमहरु प्रदान गरेपनि अपेक्षा अनुसार प्रतिफल नआएको बताए । तालिम लिने मात्रै होईन त्यसलाई प्रयोगमा ल्याई आत्मनिर्भर बन्नुपर्ने शाक्यले बताए । नगरपालिकाले नगरबासीहरुलाई स्वारोजगार बनाउनका लागी विभिन्न प्रकारका तालिमहरु प्रदान गर्दे आएकाले तालिमको सदुपयोग गर्न आग्रह गरेका थिए । कार्यक्रममा उप प्रमुख विमला सापकोटा, प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने, वडा नम्बर १ का वडा अध्यक्ष कमल प्रसाद घिमिरे, वडा नम्बर ८ की वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धर, वडा सदस्यहरु, महिला तथा बालबालिका शाखा अधिकृत भगवती तामाङ लगायतको उपस्थिती रहेको थियो ।