2026 April 28/ 11:20: 43pm

        बनेपा/बनेपा नगरपालिकाको आयोजनामा उपप्रमुखसँग स्वास्थ्य कार्यक्रम अन्तर्गत नगरस्तरीय स्वस्थ बालबालिका प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ । 
         नगर प्रमुख शान्ति रत्न शाक्यको प्रमुख आतिथ्यता तथा उप प्रमुख विमला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बालबालिकाहरुको स्वस्थ प्रतिष्पर्धा गरिएको थियो । वडा वडा बाट २ वर्ष सम्मका बालबालिकाहरुको तौल, खोप पूरा, सरसफाई, स्वास्थ्य अबस्था, खोप कार्ड, भिटामिन ए मा सहभागी जस्ता मापदण्ड पूरा गरी बालबालिका स्वस्थ भएको हुनुपर्ने बताईएको थियोे । वडाबाट छानिएर आएका ४५ जना बालबालिकाहरु सहभागी भएकोमा बनेपा नगरपालिका वडा नम्बर १४ कि सुप्रिम लामा, द्वितीय वडा नम्बर २ कि सान्वि दाहाल र तृतीय वडा नम्बर ३ की संकल्प घिमिरे भएका थिए । बिजेताहरुलाई नगद ४ हजार, २ हजार र १ हजारसँगै पौष्टिक आहारहरु प्रदान गरिएको थियो । उपप्रमुखसँग महिला कार्यक्रम मार्फत २० वर्ष भन्दा माथि ३५ वर्ष भन्दा तलका ५ सय ५ जना महिलाहरुलाई अभिमुखीकरण प्रदान गरिएको उपप्रमुख सापकोटाले बताईन् । सबै बालबालिकाहरु स्वस्थ र निरोगी रहुन भन्ने उद्देश्यले उक्त प्रतियोगिता गरिएको स्वास्थ्य शाखा अधिकृत आशिष कँडेल शर्माले जानकारी दिए । 
        कार्यक्रममा वडा नम्बर ८ की वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर,वडा सदस्यहरु, स्वास्थ्य शाखाका सिता भट्टराई, महेश्वर काजी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।