2026 April 28/ 11:20: 37pm

        बनेपा/सिद्धार्थ माध्यमिक तथा तथा कलेजले २०८१ मा एसईई उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान तथा उच्च शिक्षा परामर्श कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम विद्यालयका प्राचार्य गुञ्जप्रसाद लुइँटेलको अध्यक्षतामा एवं बागमती प्रदेशका पूर्व सचिव चन्द्रप्रसाद लुइँटेलको प्रमुख आतिथ्यता रहेको थियो । 
         ३३ जना सहभागी विद्यार्थी शत्तप्रतिशत नतिजा सहित ३.६१ जीपीए २२ जना, ३.२१ जीपिए १० जना र ३.४ जीपिए एकजना सहित उत्कृष्ट नतिजा ल्याएका छन् । जिल्ला तथा राष्ट्रकै उत्कृष्ट शैक्षिक संस्थाका रुपमा परिचित र पटक–पटक  बोर्ड प्रथम तथा उत्कृष्ट नतिजा प्राप्त गर्न सफल उक्त विद्यालयमा कक्षा ११ मा ब्यबस्थापन तथा विज्ञान विषयका कक्षाहरु सञ्चालन हँुदै आएका छन् । 
          कार्यक्रममा विद्यालयका प्रिन्सिपल गुन्जप्रसाद लुईटेलले विद्यालयमा भौतिक लगायत सम्पूर्ण शैक्षिक सुविधाहरु रहेकाले गुणस्तरीय शिक्षामा कुनै कमी नहुने र विद्यालयले कक्षा १२ मा समेत उत्कृष्ट नतिजा ल्याउँदै आएको बताए । कक्षा ११ मा भर्ना खुलेको बताउदै लुईटेलले एक पटक एसईई उत्तिर्ण विद्यार्थीहरुलाई विद्यालयमा आई अवलोकन गर्न आग्रह गरेका थिए । कार्यक्रममा सिद्धार्थ कलेका क्याम्पस प्रमुख पुकार कर्णजित, अभिभावक शिक्षक संघका रामचन्द्र भट्टराई, अभिभावक, शिक्षकर विद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यार्थीसँगै अभिभावकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम विद्यालयका सहायक प्रिन्सिल सुधिर न्यौपानले सञ्चालन गरेका थिए ।